रतुवा जनावर मारेको भन्दै १० पक्राउ

दुर्गा विसी
सल्लीबजार (सल्यान), १६ जेष्ठ ।
सल्यान पश्चिमको बनगाड कुपिण्डे वडा नं. ७ संग्रही खोलामा जङ्गली जनावर रतुवा मारेको गोप्य सूचनाका आधारमा मासु बाँडफाँड गर्दै गरेका १० जना पक्राउ परेका छन् । रतुवाको जस्तो देखिने मासु बाँडफाँड गर्दै गर्दा वन कार्यलय र प्रहरीको टोलीले १० जनालाई पक्राउ गरेको छ ।

वडा नं. ७ का वर्ष ३७ का प्रेम रोका, वर्ष १७ का गिमवहादुर थापा, वर्ष ३५ का रुद्रवहादुर वली, ४१ का हेमराज वली, वर्ष ६८ का लुटवहादुर वस्नेत, बर्ष ६५ का जितवहादुर वस्नेत, बर्ष ५४ का डम्बर वली, वर्ष ३२ का नरवहादुर वली, बर्ष ३६ का वेलाराम विक र वर्ष ५८ का खड्क खड्का रहेको जनाएको छ ।

सबै जनालाई जिल्ला चलान गरिएको बताएको छ भने अनुसन्धानपछि दोषी देखिए उनीहरु सबैलाई जङ्गली जीव जनार तथा बन्यजन्तु ऐन उपर मुद्दा चलाइने जनाएको छ । गोप्य सुचनाका आधारमा जङ्गलि रतुवाको जस्तो मासु काटिरहेको अवस्थामा रङेहात फेला पारिएको सहायक वन अधिकृत गंगा त्रिपाठिले जानकारी दिनु भएको छ । पक्राउ पर्नेहरु सबैको ठेगाना एउटै रहेको जनाएको छ । यस क्षेत्रमा लुकिछिपि जङ्गलि जनावरहरुको सिकार गर्ने क्रम वढिरहेको छ ।

रतुवा जनावर मारेको भन्दै १० पक्राउ

क्वारेन्टाइनका नागरिकलाई मनोपरामर्श सेवा

रतुवा जनावर मारेको भन्दै १० पक्राउ

डोल्पाली दुई बृद्ध महिला नेपालगञ्जमा अलपत्र, बेल

Leave a comment

Your email address will not be published. Required fields are marked *