दुर्गमले थिचिएको तेजआङ्मुको स्वर


डोल्पाको सिमाना जोड्ने जुम्लाको अन्तिम गाउँ हो, चोत्रा । यो जुम्लाको गुठिचौर गाउँपालिका –१ नम्बर वडामा पर्छ्। सोही गाउँकी तेजआङ्मु महतारालाई धेरैले लोक विरहका भाका गाउने स्वरकी धनीका रूपमा प्रख्यात छिन् । तेजआङ्मुले अहिलेसम्म कुनै स्टुडियोमा गीत गाएकी छन् । न उनले कुनै गीत रेकर्ड गरिन् । न त उनको गीत इन्टरनेटमा सुनिन्छ ।
अहिलेसम्म उनको स्वरको चर्चित उनको चोत्रा गाउँमै सीमित छ।१० कक्षा पढ्दापढ्दै १७ वर्षमा बिहे गरेकी तेजआङ्मु आफूले हिँडेको दुःखको यात्रा गीत बनाएर गुनगुनाउँछिन् । स्कुलमा पढुन्जेल मञ्चहरूमा र कुनै स्कुल स्तरीय कार्यक्रममा उनको स्वर गुन्जिन्थ्यो ।
स्कुल छुटेसँगै दुनियाँले तेजआङ्मुको स्वर सुन्नुप¥यो भनेर सम्झिने मञ्चहरू पनि छुटे। त्यसपछि उनले वनपाखा, खोला किनारलाई मञ्च बनाइन् । दुःख र वेदनाका गीतहरू गुनगुनाउन थालिन् । उनी हिजोआज घाँसदाउरा र स्याउलापात गर्ने बेलामा मन बहलाउन गीत गाउँछिन् ।
उनको जीवनमा दुःखमाथि दुःखको खात लागेजस्तो लाग्छ । माइतमा उनका बुबा र आमा दुवै अपांगता भएका छन् । ससुरा अपांगता भएका थिए, गत वैशाखमा खुट्टा भाँच्चिएर राम्ररी उपचार नहुँदा सासू पनि हिँडडुल गर्न नसक्ने भएकी छन्।माइत र घर दुवैतिर उस्तै छ ।
जता सम्झ्यो बैरागमात्रै लाग्छ,उनले भनिन् । रुवाइ छुट्छ । जीवनमा निराशाको कालो बादल मडारिरहेजस्तो लाग्छ । अनि पीर भुलाउन गाउँछु।तेजआङ्मुका श्रीमान् भारतमा व्यापार गर्थे । व्यापारमा डुबेपछि उनी जुम्लाको बहुमुल्य जडिबुटी यार्चाको कारोबारमा लागे ।
त्यसमा पनि नोक्सान व्यहोर्नुपरेको गुनासो गरिन् । तेजआङ्मुले ऋणको भारीले परिवार नै दुःखमा परिरहेकाले आफ्नै खर्चले गीत रेकर्ड गर्ने, सम्भावना नभएको र ऋण थपेर गीत रेकर्ड गर्ने आँट नआएको सुनाइन् ।
ऋण तिरेर सकिन्जेल स्वरले साथ दिएछ। भने मनको धोको पूरा होला, उनले भनिन्,नभए यत्तिकै हुने भयो।उनले मलिन अनुहारमा भनिन् ।
उनी अरूले गाएको सुनेर दुरुस्तै गाउन सक्छिन् । कहिलेकाहीं ती लयमा आफ्ना शब्द हालेर पनि गाउँछिन् । पुस्तान्तरण हुँदै आएका शब्दहरू उनले पनि टिपेर राखेकी छन् । तिनमा लय हालेर गीत रेकर्ड गराउने उनको धोको पूरा हुन्छ÷हुँदैन उनी आफैंलाई थाहा छैन ।
तर, चोत्रागाउँदेखि मनिसांगुसम्मका वनपाखाले उनको स्वर रेकर्ड गरिरहेका छन्।यता गुठीचौर गाउँपालिका–१ चोत्राका वडाध्यक्ष अर्जुनकुमार महताराले उनमा रहेको अद्भुत प्रतिभालाई बाहिर ल्याउन सहयोगको खोजी भइरहेको बताए । उनले वास्तविक कला र सीप क्षमता गाउँ घरमा लुकेर बसेका छन्। दविएका छन्।
उनी एक ज्वलन्त पात्र मात्रै देखिन्छन्।दर्जनौं क्षमता भएका व्याक्तिहरु आर्थिकसामाजिक हिसाबले पिछडिएका छन् । यस्ता व्याक्तीहरुको हामी स्थानीय सरकार र पत्रकार सबै सहयोग गर्नुपर्ने हुन्छ।तेजआङ्मुको स्वर दुनियाँलाई सुनाउन जरुरी छ । उनले भने ‘उनमा रहेको अद्भुत प्रतिभालाई बाहिर ल्याउन सहयोगी मन भएकाहरूबाट सहयोग हुने विश्वास लिएको छु ।’






