कुकुरसहित घटनास्थल पुग्यो प्रहरीको टोली

मुगुमा एकै परिवारका चार जनाको हत्या भएपछि थप अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थलमा पुगेको छ ।

शुक्रवार जिल्लाको छायानाथरारा नगरपालिका–६ मन्दुका श्रीदेवी बोहरासहित उनका तीन छोराछोरी हत्या गरिएको अवस्थामा फेला परेका थिए ।

घटनाको थप अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगञ्ज) बाट कुकुरसहित प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट विशेष अनुसन्धान टोली घटनास्थल पुगेको हो ।

टोली घटनास्थल पुगेपछि शव उठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । प्रहरीको प्रारम्भिक अनुसन्धानले व्यक्तिगत रिसइविका कारण घटना भएको आशंका गरिएको छ । डीएसपी थापाका अनुसार, शंकास्पद केही व्यक्ति माथि उच्च निगरानी राखिएको छ ।

कुकुरसहित घटनास्थल पुग्यो प्रहरीको टोली

पर्यटकको गन्तव्य बन्दै पेरेगाउँको रातामाटा छहरा (फोटो

कुकुरसहित घटनास्थल पुग्यो प्रहरीको टोली

आज राति चन्द्रग्रहणः नाङ्गो आँखाले हेर्न सकिने