एमालेको कर्णाली पदाधिकारीमा २० जनाको उम्मेद्वारी (सूचि सहित)

सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेश कमिटिका पदाधिकारीमा २० जनाको उम्मेद्वारी परेको छ ।

शुक्रवार साँझसम्म रहेको उम्मेद्वारी दर्ता समयसम्ममा एमालेको प्रदेश पदाधिकारीका पाँच वटा पदमा २० जनाको उम्मेद्वारी परेको हो ।

प्रदेश अध्यक्ष पदका लागि गुलावजंग शाह, प्रेमबहादुर सिंह, राजबहादुर शाही, मीनबहादुर शाही र प्रकाश रोकायाको उम्मेदवारी परेको छ ।

उपाध्यक्षमा दानिसंह परियार, टेकराज पछाई र लालबहादुर महतराको उम्मेदवारी परेको छ ।

त्यसैगरी सचिव पदमा रुद्रबहादुर शाही, डण्डी शर्मा र ध्रुवबहादुर शाहीको उम्मेद्वारी परेको छ ।

उप–सचिव समावेशीमा मेनका पछाई र पद्मा खड्काको उम्मेद्वारी छ । यस्तै, उप–सचिव खुलामा नारायणकुमार शाह, रविन्द्रकुमार शर्मा, रमेशकुमार शाही, बखतबहादुर भण्डारी, कमल शाही, तेजप्रकाश विक (तोरन) र धिरेन्द्रराज गिरीको उम्मेदवारी परेको निर्वाचन अधिकृत तथा अधिवक्ता रामबाबु विसीले जानकारी दिए ।

प्रदेश कमिटिको एक सय ३० सदस्य पदका लागि तीन सय जना भन्दा बढीको उम्मेद्वारी परेको विसीले जानकारी दिए । सदस्य पदमा रहेका उम्मेद्वारहरुको नामावली भने निर्वाचन समितिले प्रकाशनको तयारी गरिरहेको छ ।

शनिवार एमालेको कर्णाली प्रदेश कमिटिको निर्वाचन तालिका छ ।

एमालेको कर्णाली पदाधिकारीमा २० जनाको उम्मेद्वारी (सूचि सहित)

एमालेको कर्णाली अध्यक्षका लागि पाँच जनाको उम्मेद्वारी

एमालेको कर्णाली पदाधिकारीमा २० जनाको उम्मेद्वारी (सूचि सहित)

एमाले कर्णालीको सचिवमा उम्मेदवारी दिएका डण्डी शर्माले