साना किसान उत्तरगंगाको २७ औं बार्षिक साधारणसभा

सुर्खेत, ७ असोज ।
साना किसान कृषि सहकारी संस्था लि. वीरेन्द्रनगर–३ उत्तरगंगाको २७ औं बार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । सहकारीको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कार्यवाहक अध्यक्ष विन्द्रा थापाले आ.व. २०७९/०८० मा ४२ करोड २७ लाख १४ हजार कारोबार गर्न सफल भएको जानकारी दिए । शेयर पुँजी २ करोड ३९ लाख ३५ हजार, कुल निक्षेप संकलन १७ करोड २४ लाख २७ हजार, ऋण लगानी २५ करोड ४८ लाख ६९ हजार भएको जनाइएको छ ।

चालु आर्थिक बर्ष २०८०/०८१ को ५४ करोड ४२ लाख १६ हजारको प्रस्तावित आयव्यय सहकारीका मुख्य प्रवन्धक चित्र प्रसाद रेग्मीले प्रस्तुत गरेका थिए । साधारणसभा कै अवसरमा उत्कृष्ट सेयर सदस्य, कृषक सेयर सदस्यहरुलाई कृषि सामाग्री तथा पुरस्कार वितरण गरिएको थियो । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माको प्रमुख आतिथ्यता एवंम सहकारीका कार्यवाहक अध्यक्ष विन्द्रा थापाको अध्यक्षतामा सम्पन्न भएको छ ।

साना किसान उत्तरगंगाको २७ औं बार्षिक साधारणसभा

दुल्लुमा वातावरणको एकाई बैठक सम्पन्न

साना किसान उत्तरगंगाको २७ औं बार्षिक साधारणसभा

गण्डकी प्रदेशकाे वन रक्षक पदमा ५५ जना