कर्णालीको कार्यवाहक मुख्यमन्त्रीको जिम्मा शाहीलाई

सुर्खेत ।
कर्णाली प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मा भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री मंगल शाहीले पाएका छन् ।
मुख्यमन्त्री राजकुमार शर्मा स्वीजरल्याण्ड भ्रमणमा गएपछि बुधबार प्रदेश प्रमुख तिलक परियारले शाहीलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकेका हुन् ।

बुधबारदेखि अनुपस्थित हुने गरी मुख्यमन्त्रीको सचिवालयको पत्रानुसार प्रदेश प्रमुख परियारले मन्त्री शाहीलाई कार्यवाहक मुख्यमन्त्री तोकेका हुन् ।

मुख्यमन्त्री शर्मा स्वीजरल्याण्डको जुरिचमा अन्तरराष्ट्रिय मानवअधिकार आयोग, अन्तर सरकार संस्थाको आयोजनामा हुने लगानी सहकार्य विषयक कार्यक्रममा सहभागी हुन बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

कर्णालीको कार्यवाहक मुख्यमन्त्रीको जिम्मा शाहीलाई

सुर्खेत बाणिज्य संघमा मनोनित दुई जनाले सपथ

कर्णालीको कार्यवाहक मुख्यमन्त्रीको जिम्मा शाहीलाई

गरिब तथा विपन्न परिवारका लागि निःशुल्क उपचार

Leave a comment

Your email address will not be published. Required fields are marked *