समाजवादी मोर्चाले बनायो कर्णाली प्रदेश समन्वय समिति विस्तार

सुर्खेत ।

समाजवादी मोर्चा नेपालले कर्णाली प्रदेश समन्वय समिति विस्तार गरेको छ। बिहीबार वीरेन्द्रनगरमा भएको मोर्चाको सन्देश सभामाबाट प्रदेश समन्वय समिति तयार पारिएको हो।

समितिमा समाजवादी मोर्चामा आवद्ध दलहरूले प्रत्येक दलबाट सदस्यहरूमा तीनतीन सिफारिस गरेका छन्।

जसमा नेकपा माओवादी केन्द्रबाट प्रदेश अध्यक्ष बिमला केसी, कृष्ण बहादुर जिसी र दिनेश चँदाराको नाम सिफारिस रहेको छ।

यस्तै, नेकपा एकीकृत समाजवादीबाट पार्टीका उपमहासचिव समेत रहेका प्रकाश ज्वाला, प्रदेश अध्यक्ष अमरबहादुर थापा र ठगेन्द्र पुरीको नाम सदस्यमा सिफारिस गरिएको छ।

नेकपाको तर्फबाट बिराट सी, पौरख सी र सभ्यता सी तथा जसपाबाट देवीराज न्यौपाने, गगनबहादुर सारु र सन्तोषी विक सदस्य रहेका छन्।

समाजवादी मोर्चाले बनायो कर्णाली प्रदेश समन्वय समिति विस्तार

खेस्रा नक्साको भरमा इष्टिमेट भएको शीत भण्डार

Leave a comment

Your email address will not be published. Required fields are marked *