उपाध्यक्ष रेग्मिद्वारा जन्मदिनमा टुहुरा वालवालिकालाइ स्टेसनरी वितरण

दुर्गा विसि
सल्लीबजार, १४ भदौं ।
सुर्खेत सिम्ता गाउँपालिका उपाध्यक्ष गोमा रेग्मीद्वारा अनाथ वालवालिकालाइ जन्मदिनको शुभ अवसरमा स्टेसनरी हस्तान्तरण गर्नु भएको छ ।कापीकलम,व्याग सहित ती वालवालिकालाइ आज विशेष अवसर पारेर वितरण गरिएको छ
।बाबु आमा नभएका अनाथ टुहुरा वालवालिकालाइ पढाइमा सहयोग हुने हेतुले अध्यायनसँग आबश्यक हुने शैक्षिक सामग्री वितरण गरिएको छ ।

जन्मदिनको अवसरमा स्टेसनरी लिन गाउँपालिकाको कार्यालय सम्म टाढाबाट आएका वालवालिकालाइ घरसम्म पुग्नको लागि भाडाको समेत व्यवस्था गरिएको थियोे ।पढाइका लागि स्टेसनरीकै समस्या नहोस भनेर अन्य फजुल खर्चबाट कटाएर यो काम रोजेको उपाध्यक्ष रेग्मीको भनाइ रहेको छ ।शुभकामना दिने वक्ताहरुले समाजमा हरेक व्यक्तिले यस्ता अवसरमा अन्य फजुल खर्च गर्नु भन्दा यस्तै उदाहरणीय काम गर्न आग्रह गरिएको छ ।५७ औं जन्मदिनको अवसरमा आज एक कार्यक्रमका विचमा उपाध्यक्ष रेग्मीको यो कदम सबैले सिको गर्न जोडदिएको छ ।

उपाध्यक्षले आयोजना गरेको सो कार्यक्रम गाउँपालिका अध्यक्ष ऐनवहादुर चन्द,वडा अध्यक्ष गुलाफ सिंह ठकुरी,मोहन चन्द,पुर्व उपाध्यक्ष चन्द्रकला शाहि,विभिन्न शाखा प्रमुखहरु,साहित्यकार तथा महिला नेतृ कोकिला सिंह ठकुरी,गाउँपालिकाका कर्मचारीहरु र स्कुले विद्यार्थीहरुको उपस्थिति रहेको थियोे ।साथै सो अवसरमा शुभकामना समेत व्यक्त गरिएको थियोे ।सिम्ताका विभिन्न वडाका विभिन्न कक्षाका विभिन्न विद्यालयहरुमा अध्यायनरत अनाथ,टुहुरा,वुवाआमा नभएका २५ वालवालिकालाइ स्टेसनरी सामग्री वितरण गरिएको थियोे । गाउँपालिका उपाध्यक्षको यो सिर्जनात्मक कार्यको लागि सबैले प्रसंसा गरे ।

उपाध्यक्ष रेग्मिद्वारा जन्मदिनमा टुहुरा वालवालिकालाइ स्टेसनरी वितरण

आज जनैपूर्णिमा

उपाध्यक्ष रेग्मिद्वारा जन्मदिनमा टुहुरा वालवालिकालाइ स्टेसनरी वितरण

समाजवादी मोर्चाले बनायो कर्णाली प्रदेश समन्वय समिति

Leave a comment

Your email address will not be published. Required fields are marked *