वातावरणको समिक्षा गोष्ठी सम्पन्न

सुर्खेत ।
वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक वर्ष २०७९÷०८० को समिक्षा तथा आगामी आर्थिक वर्षको बजेट एवं कार्यक्रमको लागि सुझाव संकलन गोष्ठी बुधबार वीरेन्द्रनगरमा सम्पन्न गरेको छ ।
गत आर्थिक वर्षको समिक्षा सहित आगामी आर्थिक वर्षको लागि संस्थाको एक्काईसौं वार्षिक साधारणसभा पेश गरिने बजेट तथा कार्यक्रमलाई अझ परिस्कृत बनाउन सुझाव संकलन गरिएको संस्थाका कार्यकारी प्रवन्धक सुरजप्रसाद आचार्यले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा संस्थाका संस्थापक सल्लाहकार कमलराज रेग्मीले वातावरण कर्णाली प्रदेशकै एक उत्कृष्ट सहकारी तथा लघुवित्त संस्था भएको उल्लेख गर्दै आगामी दिनमा अझ परिस्कृत किसिमले कार्यक्रमहरु संचालन गरी कर्णाली प्रदेशका गाउँगाउँमा वित्तीय सेवाका कार्यक्रमहरु संचालन गर्नुपर्ने बताए ।
संस्था संचालक समितिका अध्यक्ष चन्द्रलाल आचार्यको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीमा संस्थाका सल्लाहकारहरु कृष्णप्रसाद पौडेल, देवकुमार सुवेदी तथा सदस्यहरु नारायणकुमार कोइराला, शान्ति ढकाल, सचिव राधाकुमारी ढकाल लगायतले आआफ्नो भनाई राखेका थिए । कार्यक्रममा संस्थाका वरिष्ठ प्रवन्धक किरण बस्नेतले संस्थागत प्रस्तुतीकरण प्रस्तुत गरेका थिए ।






