कर्णालीका मुख्यमन्त्री यही भदौ १४ गते स्वीट्जरल्याण्ड भ्रमणमा जाने

सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा यही भदौ १४ गते स्वीट्जरल्याण्डको भ्रमणमा जाने भएका छन् ।

उनी अन्तर्राष्ट्रिय मानवअधिकार आयोग, अन्तर सरकार संस्थाको आयोजनामा स्वीट्जरल्याण्डमा हुने कार्यक्रममा सहभागी हुनका लागि त्यसतर्फ जान लागेका हुन् । उक्त कार्यक्रम सेप्टेम्बर १ र २ मा हुँदै छ ।

मुख्यमन्त्रि शर्माले शुक्रवारको संसदमा भ्रमणबारे जानकारी गराएका छन् ।वित्तीय, सामाजिक, मानवता, निजी, सहकारी, समुदाय र हरित कार्यक्रम समेटिएको सो सेमिनारमा कर्णाली सरकारसँग सहकार्यकाबारे छलफल हुने उनले बताए । त्यसका लागि संघीय सरकारबाट अनुमति लिइसकिएको पनि बताए ।संघीय सरकारको निर्णयअनुसार भ्रमणका लागि स्वीकृत प्राप्त भइसकेको छ ।

शर्माले भने,‘स्वीट्जरल्याण्ड भ्रमण कर्णालीमा लगानी भित्र्याउने, रोजगारीको सिर्जना गर्ने तथा समृद्धिको कार्यक्रमलाई अगाडि बढाउने सन्दर्भसँग जोडिएको छ, बाँकी छलफल गरेर आइसकेपछि संसदमा जानकारी गराउने छु ।’ साथै शर्माले कर्णालीमा लगानी भित्र्याउनका लागि विभिन्न पहलहरू भइरहेको बताएका छन् ।

कर्णालीका मुख्यमन्त्री यही भदौ १४ गते स्वीट्जरल्याण्ड भ्रमणमा जाने

कालीकोटको सरुवा रोग अस्पताल सञ्चालन भएको एक

कर्णालीका मुख्यमन्त्री यही भदौ १४ गते स्वीट्जरल्याण्ड भ्रमणमा जाने

अपाङ्गताका सवालमा एक्येवद्धता

Leave a comment

Your email address will not be published. Required fields are marked *