गुर्भाकोटमा संचालित निशुल्क महिला स्वास्थ्य शिविरमा २८३४ जनाले सेवा लिए

दिलिप ढकाल ‘

सुर्खेत १२ फागुन ।

पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिकामा संचालित निःशुल्क महिला स्वास्थ्य शिविर तथा महिला स्वास्थ्य जनचेतनामुलक क्यान्सर स्क्रीनिङ शिविर सम्पन्न भएको छ।

गुर्भाकोट नगरपालिका र सशस्त्र प्रहरी बल, नेपालको संयुक्त आयोजनामा २०७९ फाल्गुन ७ गते सुरु भएर फागुन ११ गते सम्पन्न भएको उक्त शिविरमा २८३४ जनाले सेवा लिएको गुर्भाकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेस कुमार पुरीले जानकारी दिए ।

सेवा लिएका मध्ये ५४५ जनाको नमुना संकलन गरिएको थियो भने २०३६ जनाको क्यान्सर भए नभएको चेकजाच गरिएको थियो। त्यस्तै ५० जनाको पाठेघरमा रिङ्ग राखिएको छ भने ८५ जना महिलाको पाठेघर खसेको समस्याको जाच गरिएको राम्री काँडा स्वास्थ्य केन्द्र प्रमुख दिपेन्द्र खत्रीले बताए ।

गुर्भाकोट नगरपालिका का १४ वडा र भेरीगंगा नगरपालिकाको साविक मैनतडाका महिलाहरुलाई निशूल्क स्वास्थ्य सेवा दिने गरि शिविर सुरु गरिएको थियो।

फागुन ७ देखि ११ सम्म संचालन हुने शिविरमा फागुन ७ देखि १० सम्म अन्तर्गत गुर्भाकोट नगरपालिका र फागुन ११ गते भेरीगंगा नगरपालिकाका वडा नम्बर ६,७,८ र ९ वडाका महिलाहरुका लागि गुर्भाकोट मेहेलकुना सिटिहलमा शिविर संचालन भएको थियो।

गुर्भाकोट नगरपालिका ८ खैरेनी सिटि हलमा हरेक दिन बिहान ९ बजे देखि निःशुल्क महिला स्वास्थ्य शिविर तथा महिला स्वास्थ्य जन–चेतनामुलक क्यान्सर स्क्रीनिङ कार्यक्रम सुरु भएको थियो।

गुर्भाकोटमा संचालित निशुल्क महिला स्वास्थ्य शिविरमा २८३४ जनाले सेवा लिए

राष्ट्रपति राष्ट्रिय सहमतिका आधारमा चयन गर्नुपर्छ :

सञ्चार क्षेत्रको जीम्मेवारी बढेको छ :  मुख्य

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds