भारतसँगको दोस्रो मैत्रीपूर्ण खेल पनि बराबरी

काठमाडौं,७ फागुन ।

दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली महिला फुटबल टिमले भारतसँग गोलरहित बराबरी खेलेको छ। चेन्नईस्थित जवारलाल नेहरु स्टेडियममा सम्पन्न खेलमा दुवै टिमले गोल गर्ने अवसर सृजना गरे पनि त्यसलाई स्कोरमा परिणत गर्न नसक्दा खेल बराबरीमा सकिएको हो।

दुई मैत्रीपूर्ण खेलका लागि भारत भ्रमणमा रहेको नेपालले पहिलो खेलमा भारतसँग २–२ गोलको बराबरी खेलेको थियो। यो मैत्रीपूर्ण खेल दुवै टिमले ओलम्पिक छनोटको तयारी स्वरूप खेलेका हुन्।

अन्तिम पटक काठमाडौंमा आयोजित महिला साफ च्याम्पियनसिपमा आमने सामने भएपछि पहिलो पटक नेपाल र भारतबीच प्रतिस्पर्धा भएको हो। घरेलु मैदानमा आयोजित साफमा नेपालले सेमिफाइनलमा भारतलाई पराजित गर्दै ऐतिहासिक जित निकालेको थियो ।

भारतसँगको दोस्रो मैत्रीपूर्ण खेल पनि बराबरी

YUGAAWHAN NATIONAL DAILY (2079-11-07)

भारतसँगको दोस्रो मैत्रीपूर्ण खेल पनि बराबरी

सल्यानमा एक महिला मृत फेला

Leave a comment

Your email address will not be published. Required fields are marked *