कर्णालीमा रेडियो नेपालको महत्व कायमै छ :  मुख्यमन्त्री शर्मा

सुर्खेत,३ फागुन ।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा रेडियो नेपालको प्रसारण क्षमता विस्तार तथा प्रादेशिक कार्यक्रम सञ्चालनमा प्रदेश सरकार सहकार्य गर्न ईच्छुक रहेको बताएका छन् । आज रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले कर्णालीमा रेडियो नेपालको थप प्रसारण पहुँच विस्तार बारे गरिएको भेटघाट कार्यक्रममा मुख्यमन्त्री शमाले प्रदेश सरकार रेडियो नेपालको उन्नयन तथा विकासमा सहकार्य गर्न तयार रहेको बताएका हुन् ।

अझैपनि कर्णालीको भूगोलमा रहेका नागरिकका लागि सूचना तथा समाचार प्राप्तिमा रेडियो नेपालको महत्व उत्तिकै रहेको भन्दै उनले प्रदेश तथा स्थानीय सरकारका गतिविधि नागरिकसम्म पुर्याउन रेडियो नेपालसँग सहकार्य गर्न आवश्यक रहेको औल्याए । रेडियो नेपालका कार्यकारी निर्देशक केसीले रेडियो नेपालको क्षमता विस्तारका लागि पश्चिम रुकुमको जन्ती ओल्याप भन्ने स्थानमा एफएम ट्रान्समिटर स्थापनासँगै सुर्खेतको वीरेन्द्रनगरमा १ हजार र हर्रेमा २ हजार वाटको एफएम ट्रान्समिटर राख्न लागिएको जानकारी दिए ।

उनले एफएम ट्रान्समिटरलाई आधुनिक प्रविधिको प्रयोग गरेर थप स्तरोन्न्ती गर्दै सुर्खेत प्रादेशिक प्रसारण केन्द्रबाट प्रदेश तथा स्थानीय सरकारहरुसँगको सहकार्यमा आवश्यकतामा आधारित रेडियो कार्यक्रमहरु उत्पादन तथा प्रसारण गरिने जनाए । कार्यकारी निर्देशक केसीका अनुसार कर्णाली रहेका रेडियो नेपालका ७ वटै एफएम ट्रान्समिटरलाई आधुनिक प्रविधिको प्रयोग गरेर थप स्तरोन्न्ती गर्न लागिएको छ ।

मुख्यमन्त्रीसँगको भेटमा कार्यकारी निर्देशक केसीले रेडियो नेपालका तर्फ कर्णालीमा रेडियो नेपालको प्रसारण क्षमता विस्तार तथा कर्णाली प्रदेश सरकारका गतिविधि प्रसारणका लागि प्रस्तावना पत्र समेत हस्तान्त्ररण गरेका थिए ।

कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक केसीसँगै रेडियो नेपालका नायव कार्यकारी निर्देशक कृष्णचन्द्र पौडेल, निर्देशक पुष्करराज गौतम, मुख्य कार्यक्रम अधिकृत गोकर्ण रेग्मी, सुर्खेत प्रादेशिक प्रसारण केन्द्रका प्रमुख आन्नदविश्व पन्तलले कर्णाली प्रदेश सरकारका प्रमुख सचिव डाक्टर गोपीकृष्ण खनाल एवं सचिव आन्नद सारुलगायतसँग भेट गरेका थिए ।

कर्णालीमा रेडियो नेपालको महत्व कायमै छ :  मुख्यमन्त्री शर्मा

लागूऔषधसहित एक जना पक्राउ

कर्णालीमा रेडियो नेपालको महत्व कायमै छ :  मुख्यमन्त्री शर्मा

जनप्रतिनिधिलाई शासन–सौकतको भोक, : अनुदान स्रोतमा पालिका

Leave a comment

Your email address will not be published. Required fields are marked *