रविकाे फैसलाबाट काेहि अातिनुपर्ने अवस्था छैन् : नेम्वाङ

काठमाडौं,१४ माघ ।

सत्तारूढ नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवास नेम्वाङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्। सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्री रवि लामिछानेले पद त्याग गर्नुपरेको प्रसंग उल्लेख गर्दै उनले ती समस्यालाई संविधानअन्तर्गत नै हल गरेर अघि बढ्न आफूहरु सक्षम रहेको पनि पटकपटक दोहोर्याए।

शहीद दिवसको अवसर पारेर नेकपा (एमाले)ले च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष नेम्वाङले नेपाली जनता आफैंले बनाएको संविधान बुद्धिमानीपूर्वक कार्यान्वयन गर्न पनि राजनीतिक दलहरु सचेत हुनुपर्ने आवश्यक्ता औंल्याए।

संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई दलहरुले आफ्नो बुद्धि, विवेक र क्षमता प्रदर्शन गरेर कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ थियो। उपाध्यक्ष नेम्वाङले भने, ‘अहिले भर्खरका पनि घटनाक्रमहरु छन नि। सम्मानित सर्वोच्च अदालतले अहिले हाम्रो गृहमन्त्री उहाँले राजीनामा गर्नुपर्ने अवस्था भयो नि। के हुन्छ? यी सबै घटनाक्रमहरुलाई स्वभाविक रुपमा जनताले बनाएको यो संविधानअन्तर्गत हामी राजनीतिक दलहरुलाई यसलाई एउटा टुंगोमा पु¥याउन सक्षम छौँ। पुर्याउँछौँ। यसमा अलिकति पनि आत्तिनुपर्ने चिन्ता गर्नुपर्ने कुरा छैन।’

उपाध्यक्ष नेम्वाङले मुलुकमा देखा परेका समस्याहरुलाई समाधान गर्न राजनीतिक दलहरु र त्यसको नेतृत्वसमक्ष रहेको बताए। उनले नेपालको संविधान शहीदहरुको भावनाअनुसार बनेको पनि बताए।

थाहा खबर 

रविकाे फैसलाबाट काेहि अातिनुपर्ने अवस्था छैन् : नेम्वाङ

फागुन २८ अघ‍ि राष्ट्रपतिको निर्वाचन नभए देशमा

रविकाे फैसलाबाट काेहि अातिनुपर्ने अवस्था छैन् : नेम्वाङ

सुदूरपश्चिम र कर्णालीमा वर्षा’

Leave a comment

Your email address will not be published. Required fields are marked *