नेपालगन्ज एक हजार पीसीआर परीक्षण किट

बाँके, २६ बैशाख ।
किट अभावमा कोरोनाको परीक्षण रोकिएका प्रयोगशालामा परीक्षण पुनःसुरू हुने भएको छ । स्वीस सरकारले दिएको ३० हजार पिसिआर परीक्षण किटमध्ये शुक्रबार ८ हजार वटा किट प्रयोगशालामा पठाइएको स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । उनले शुक्रबारनै नेपाली सेनाको स्काइ ट्रकबाट नेपालगन्ज, भैरहवा र धनगढीका लागि किट पठाइएको बताए ।

‘हामीले परीक्षण चाप भएको नेपालगन्ज लगायतका ठाउँमा एक–एक हजार र बाँकीमा पाँच सयको दरले किट पठाएका छौं । अब परीक्षण रोकिँदैन,’ उनले भने । यसअघि आरएनए एक्स्ट्रयाक्सन किट अभावमा पाँच वटा प्रयोगशालामा परीक्षण रोकिएको थियो । जसमा वीर, चितवन, भैरहवा, सुर्खेत र धनगढीका प्रयोगशाला थिए । किट आउने भएसँगै गत सातादेखि परीक्षण रोकिएको भैरहवामा रहेको प्रयोगशालामा पुनः परीक्षण हुने भएको छ ।

‘किट आउँदैछ भनेर खबर आएको छ । आज आइपुग्यो भने तत्काल परीक्षण सुरू गर्छौं,’ प्रयोगशालाका निर्देशक राजेन्द्रकुमार गिरीले भने । पछिल्लो समय किट अभावकै कारण परीक्षणको गति सुस्त भएको छ । स्वास्थ्य मन्त्रालयले समेत किट अभावकै कारण परीक्षण थोरै भएको र किट आउनसाथ परीक्षण बढ्ने जानकारी दिएको छ ।टे«सिङका आधारमा वडा नम्बर ८ मा स्वाब परीक्षण गर्दा २२ जना ब्यक्तिमा संक्रमण पुष्टी भएको थियो । यो सँगै नेपालगन्जमा संक्रमितको संख्या २४ पुगेको छ ।

तपाईको प्रतिक्रिया