नेविसंघ मुगु अध्यक्षमा मल्ल

मुगु ,३० पाैष ।
नेपाली कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्षमा सोविन्द्रबहादुर मल्ल मनोनीत भएका छन् । नेविसंघ केन्द्रीय कार्यालयले विधान–२०२७ को छैटौं संशोधन २०७५ बमोजिम तीन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी मल्ललाई जिल्ला अध्यक्ष पदमा मनोनयन गरेको हो । जिल्लामा अध्यक्ष पद रिक्त रहेको र ३२ वर्ष उमेर हद पनि आकर्षित देखिएकोले मल्ललाई अध्यक्षमा मनोनयन गरिएको नेविसंघ केन्द्रीय कार्यालयले जनाएको छ ।
पदाधिकारीविहीन भएको करिब ७ वर्षपछि नेविसंघ मल्ललाई जिल्ला अध्यक्षमा मनोनयन गरिएको हो । अघिल्लो पटक स्थानीय तह निर्वाचनका लागि भ्रातृ संघ संगठनलाई क्रियाशील बनाई परिचालन गर्ने उद्देश्यअनुरुप निर्वाचनसम्मका लागि उनलाई नेविसंघ जिल्ला संयोजक पदमा मनोनयन गरिएको थियो ।
अध्यक्ष पदको जिम्मेवारी पाएका मल्लले नेविसंघलाई गतिशील बनाइ तोकिएको समयमा जिल्ला अधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता जनाएका नेपाली कांग्रेस जिल्ला कार्यवाहक सभापति कर्ण रावलले बताए ।
कान्तिपुर





