गाडीले ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुर्खेत, २० बैशाख ।
सुर्खेत–नेपालगंज सडक खण्डको कोहलपुर एन टिभि चोक नजिकै गाडीले ठक्कर दिदा मोटरसाईकल चालकको घटना स्थलमै मृत्यु भएको छ । शनिवार कोहलपुर नगरपालिका वडा नं. ११ एन टिभि चोकमा दिउसो ४ः३० बजे नेपालगन्जबाट कोहलपुरतर्फ आउँदै गरेको नेपाली सेनाको बा २ झ ६३४१ नम्बरकोे गाडीले भे ४ प ७६२० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार कोहलपुर नगरपालिका २ वर्दवा बस्ने बर्ष २४ को चालक किरण भुसालको घटना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


यसैगरी मोटरसाइकलमा सवार बारह बर्दिया ४ बस्ने बर्ष २७ की प्रतिक्षा भुसाल गम्भीर घाइते भई उपचारको लागि नेपालगन्ज मेडिकल कलेज कोहपुरमा लागिएको छ भने मोटरसाईकललाई ठक्कर दिने गाडी कोहलपुर इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया