बिश्व दृष्टि दिवसको अवसरमा गुर्भाकोटमा निशुल्क आँखा चेकजाच तथा औसधि वितरण

दिलिप ढकाल
सुर्खेत, २८ असोज ।
नेपाल नेत्र ज्योति संघ एकीकृत आखा तथा कान स्वास्थ्य परिक्षण कार्यक्रमको आर्थिक सहयोग,सामुदायिक आँखा उपचार केन्द्र सर्जिकल सेन्टर तथा गुर्भाकोट नगरपालिका को सहकार्यमा गुर्भाकोटमा नगरपालिकामा बिश्व दृष्टि दिवसको अबसरमा आखा जाच तथा जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ।

हरेक बर्ष अक्टुबर १३ मनाईने बिश्व दृस्टी दिवस आखाको हेरचाहा, चेकजाच तथा सरसफाई सम्बन्धि बीभिन्न कार्यक्रम गरि मनाइने गरिन्छ। यहि दिवसको अवसरमा गुर्भाकोटमा पनि आखाको छेक जाच तथा सामान्य उपचार गरिएको छ।
सामुदायिक आखा उपचार केन्द्र सर्जिकल सेन्टरमा दैनिक उपचारमा आउने बिरामी मध्ये अक्टुबर १३ अर्थात बिहिबार उपचारमा आएका १६ जनालाई निशुल्क चेकजाच गरिएको छ साथै उनीहरु लाई औसधि उपचार तथा चस्मा निशुल्क वितरण गरिएको हो।

त्यस्तै गुर्भाकोट नगरपालिका वडा नम्बर ८ मेहेलकुना मा संचालित बालदिप युनाईटेड पब्लिक स्कुलमा पनि आखा चेक जाच गरिएको छ।
बिद्यालयमा अध्यनरत ६७२ जना विद्यार्थीमा गरिएको चेकजाचमा पाच जना लाई अनिवार्य चस्मा लगाउनु पर्ने देखिएको तथा निशुल्क औसधि वितरण गरिएको तथा २६० जना लाई बिद्यार्थी लाई निशुल्क औसधि वितरण गरिएको सामुदायिक आखा उपचार केन्द्र सर्जिकल सेन्टर मेहेलकुनाका प्रमुख दिपेन्द्र साहानीले जानकारी दिए । साथै विद्यालयका पाच जना शिक्षक को पनि आखा चेक जाच गरिएको थियो।






