दिप भैंसी फर्ममा वर्षातले लाखौंको क्षती

दुर्गा विसि
असोज,२७ सल्यान ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा १ मा रहेको दिप भैंसी फर्ममा लाखौंको क्षती गरेको छ ।भैंसी फारम र दिप वस्नेतको वस्दै आएको घर माथिबाट पहिरो आउँदा आदाउधि पुरेको छ ।भैंसी व्यवसायीबाट दुग्ध उत्पादन गरि राम्रो आय आर्जन गर्दै आएका वस्नेत परिवारलाइ ६ दिनसम्म परेको अविरल वर्षाले उठिवास पारेको छ ।

पहिरोले घर भैंसी फारम वगाउन सुरु गरे पछि वस्नेतको परिवार खोला नजिकै त्रिपाल टाँगेर वसिरहेका छन् ।वस्नेतका अनुसार भैसी फारम,घर लगाएतमा ठुलो क्षेती पुगेको छ ।ऋृणबाट व्यवसायी सुरु गरेका वस्नेत यतिखेर अविरल परेको वर्षातले विचलिमा पारेको जनाउछन।

यस्तो अवस्था हुदासम्म क्षेती वारेमा कुनै निकायहरु आफु कहाँ नआएको उनको दुखेसो छ ।यस्तो अवस्थामा स्थानीय सरकार र अन्य निकायले हेरफेर समेत नगरेकोमा उनको दुखेसो छ ।जोखिममा लगानी गरेर व्यवसायी सुरु गरेका वस्नेत यतिखेर निकै संकटमा परेका छन् । सरकारी तवरबाट यस्ता पहिरो पिडित र वाढिपिडितहरुको लागि दीर्घकालिन उपायको खोजि गरि समस्या समाधान गर्नुपर्ने हो ।







