रक्तसञ्चार दिवस आज सुर्खेतमा पनी रक्तदान कार्यक्रम गरी मनाईयाे

सुर्खेत १२ साउन  ।

५६ औं राष्ट्रिय रक्तसञ्चार दिवस आज सुर्खेतमा पनी रक्तदान कार्यक्रम गरी मनाईएको छ । सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा बृहत रक्तदान कार्यक्रम गरिएको हो । नेपालका सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्मचार्य र कर्णालीका सर्वाधिक रक्तदाताले संयुक्त रुपमा रक्तदान गरेका छन् ।

नेपालका सर्वाधिक रक्तदाता कर्मचार्यले १७१ औं पटक र कर्णाली प्रदेशका सर्वाधिक रक्तदाता प्रवाश कुमार शाक्यले ७५ औं पटक रक्तदान गरेको संघका महासचिव भद्र भण्डारीले जानकारी दिए । यसैबिच, नेपाल स्वयंसेवी रक्तदाता समाजको सुर्खेत शाखा गठन गरिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बढ्दो रगत आपूर्तिको मागलाई सहज व्यवस्थापन गर्नका लागि शाखा गठन गरिएको हो ।कर्णाली प्रदेशका सर्वाधिक रक्तदाता प्रवाश कुमार शाक्यको अध्यक्षतामा समाजको सुर्खेत शाखा गठन गरिएको हो । अध्यक्ष शाक्यले सुर्खेत जिल्लामा रगतको अभावलाई परिपूर्ति गर्न र सहज तरिकाले रगत उपलब्ध गराउनका लागि समाजको शाखा गठन गरिएको बताए । सुर्खेत जिल्लाका विरामी मात्र नभइ जिल्ला बाहिर जिल्लामा पनि रगतको अभावलाई सहज रुपमा पूर्ति होस भन्नका लागि समाजको शाखा गठन गरिएको शाक्यको भनाई छ ।

यस्तै भेलाले समाजको उपाध्यक्षमा अशोक कुमार सिंह, सचिवमा खगेन पुरी, कोषाध्यक्षमा धर्मराज आचार्य, सहसचिव पुनम विसी तथा सदस्यहरुमा सागर लम्साल, कुमार थापा, भोजप्रसाद आचार्य, सुरेश आचार्य, अनिल ढकाल, सञ्जयनाथ योगी, कृति गुभाजु शाक्य र चन्द्रा रेग्मी चयन भएका छन् । समाजको सल्लाहकारमा सुदर्शन श्रेष्ठ, लक्ष्मण कँडेल र सुशिलराज शर्मा रहेका छन् ।

रक्तसञ्चार दिवस आज सुर्खेतमा पनी रक्तदान कार्यक्रम गरी मनाईयाे

YUGAAWHAN NATIONAL DAILY (2079-04-12)

रक्तसञ्चार दिवस आज सुर्खेतमा पनी रक्तदान कार्यक्रम गरी मनाईयाे

सम्पादकीय : बोक्सी’ असभ्यताको हद्

Leave a comment

Your email address will not be published. Required fields are marked *