कर्णालीका नौ जिल्लामै छैनन् रक्तसञ्चार केन्द्र

सृजना बुढाथाेकि

सुर्खेत १२ साउन ।

कालिकोटको नरहरिनाथ गाउँपालिकाका नवराज परियारकी श्रीमती कमलाले गत वअसारमा छोरालाई जन्माईन । बच्चा जन्मिएको केहि समयपछि उनलाई अत्याधिक रक्तश्राव भएलगत्तै उनलाई जिल्ला अस्पताल पु¥याईयो । स्वास्थ्यकर्मीले रगतको जोहो गर्न भनेपछि आफ्नो श्रीमतीका लागि रगत चढाउन हारगुहार गर्नुपर्यो ।

उनलाइ  ओ’ पोजिटीभ रगतका लागि नवराजले धेरै व्यक्तिसगत सम्पर्क गरे । खोजेको करिब २४ घण्टापछि मात्र उनले आफ्नो श्रीमतीलाई रगत दिने व्यक्ति भेटे । जिल्ला अस्पताल मुगुमा छोरीको उपचारका लागि रगत खोज्न सोरु गाउँपालिकाकी सुनिता रावल दिनभर भौंतारिनुपर्यो । अन्ततः कमला र सुनिताकी छोरी दुबैलाई नेपाली सेनाका जवानहरुले रगत दिएर ज्यान बचाए ।

कर्णालीमा सुर्खेतबाहेक अन्य नौ जिल्लामा रक्तसञ्चार केन्द्र नहुँदा कतिपय महिलाले सुत्केरी हुँदा धेरै रगत बगेर ज्यान गुमाउनुपर्ने अवस्था छ भने कतिपय बिरामी रगतको अभावमा छट्पटिनुपर्ने बाध्यता छ । हरेक दिनजसो कर्णालीका अस्पतालमा ब्लड खोज्नेहरुको दौडधुप भइरहन्छ । बिरामीलाई रगत अभाव हुँदा स्वास्थ्यकर्मी, नेपाली सेना र प्र हरीले रगत दिएर ज्यान बचाउने गरेका छन् ।

ब्लड बैंक सञ्चालनमा नआउँदा गम्भीर अवस्थाका बिरामी, दुर्घटनाका घाइते र गर्भवती तथा सुत्केरी महिलाले सास्ती भोग्दै आइरहेका छन् । रगत चाहिएमा अस्पतालका डाक्टर, स्वास्थ्यकर्मी, प्रहरी र सेनालाई गुहार्नुपर्ने बाध्यता अझै टरेको छैन । नेपालमा रक्तसञ्चार सेवा शुरु भएको आज ५६ वर्ष पुग्यो । वि.संं २०२३ साल साउन १२ गते नेपालमा रक्तसञ्चार सेवा स्थापना भएको हो ।

सेवा शुरु भएको ५६ वर्ष पुगिसक्दापनि कर्णाली प्रदेशा १० मध्ये ९ वटा जिल्लामा अहिलेसम्म यो सेवा पुग्न सकेको छैन् । नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश कार्यालयका अनुसार कर्णाली प्रदेशभर सुर्खेतको प्रदेश अस्पतालबाहेक अरु कुनै जिल्लामापनि रक्तसञ्चार केन्द्र नै छैनन् । प्रदेश अस्पतालमा गत जेठमा रक्तसञ्चार केन्द्र स्थापना भएको छ, त्यसअघि नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्र सञ्चालनमा थियो ।

अस्पतालममा  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रदेश अस्पतालको संयुक्त लागतमा रक्तसञ्चार केन्द्रको स्थापना गरेको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि रक्तसञ्चार केन्द्र स्थापनाको तयारी थालिएको प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले जानकारी दिएका छन ।

ब्लड वैंकको आवश्यकता हामीले पनि देखेका छौँ,’ उनले भने, अहिले हामी तयारीमा लागेका छौँ, अहिले बिरामीलाई आवश्यकता परेको खण्डमा प्रतिष्ठानकै कर्मचारी, नेपाली सेना र नेपाल प्रहरीलगायतले रगत दिने गरेका छन् ।’ कार्यालय प्रमुख भेषबहादुर थापाले रक्तसञ्चार केन्द्र नभएका जिल्लामा रक्तदान शिविरमार्फत रगत समूह छुट्याएर, पहिचान गरी राखिएका व्यक्तिमार्फत रक्तदान गरिरहेको बताए ।

गाउँमा रक्तदान कार्यक्रम भएको बेला हामीले सबैको रगत समूह पहिचान गरी राखेका हुन्छौँ,’ उनले भने, कसैलाई समस्या परेको खण्डमा हामीले तिनै व्यक्तिलाई सम्पर्क गरी सम्बन्धित व्यक्तिलाई रगत उपलब्ध गराउँछाै  ।’ कर्णालीकाे  दुर्गम  जिल्लाहरुमा विशेषज्ञ चिकित्सक नभएका कारण शल्यक्रिया नभएकाले पनि ती जिल्लाहरुमा रगत संकलन गरी राख्न नपरेको प्रमुख थापाको भनाइ छ ।

विशेषज्ञ चिकित्सक नभएका कारण अप्रेशन हुँदैन,’ उनले भने, । ती जिल्लामा जम्मा गरेरै राख्नुपर्दैन आवश्यक पर्नेबित्तिकै जहाँ बिरामी छ त्यहीँ पुर्याउने व्यवस्था हामीले गर्छौँ ।’ कर्णाली प्रदेशभर वार्षिक करिब तीन हजार पिन्ट रगत आवश्यक पर्ने नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश कार्यालयले
जनाएको छ ।

अहिलेसम्म रगत अभाव भएको अवस्था छैन,’ उनले भने प्रदेश अस्पतालमा संकलन भएको रगतले पनि धेरै बिरामीको ज्यान जोगिएको छ ।’प्रमुख  प्रदेश सरकारलाई प्रदेशमा वार्षिक आवश्यक पर्ने करिब तीन हजार पिन्ट रगत बराबरको बजेट व्यवस्थापन गर्न आग्रह गरिएको बताए ।

सरकारलाई हामीले बजेट व्यवस्थापन गर्न भनेका छौँ,’ उनले भने, । प्रदेशमा आवश्यक पर्ने रगत बराबरको बजेट सरकारले व्यवस्थापन गरिदिए हामी निःशुल्क नै बिरामीलाई रगत उपलब्ध गराउनेछौँ ।’ प्रदेश सरकारले भने रक्तसंचार केन्द्र स्थापनाका लागि ठोस योजना बनाएको छैन । प्रदेश सरकारको समाजिक विकास मन्त्रालयका अनुसार नेपाल रेडक्रस सोसाईटीसँग सहकार्य गरी रक्तसञ्चार केन्द्र सञ्चालनका लागि योजना बनाइनेछ ।

रगत अभावका कारण विशेष गरी कर्णालीका सुत्केरीको ज्यान जोखिममा पर्ने गरेको छ । सुर्खेतबाहेक कर्णालीका अरु सबै जिल्लामा रगतका लागि नेपाली सेना, सशस्त्र प्रहरी या नेपाल प्रहरी मात्र विकल्पका रुपमा रहेका छन । आवश्यक परेको समयमा
चाहिएको ग्रुपको रगत भएको व्यक्ति सेनाभित्र भए बिरामीले रगत पाउँछन् । रगत आवश्यक परेको खण्डमा बिरामीका अधिकांश
आफन्त नेपालगञ्जसम्म धाउने गरेका छन् । यसैबीच कर्णाली प्रदेशमा पहिलो पटक रक्तदाता समाज गठन गरिएको छ ।

प्रवासकुमार शााक्यकाे अध्यक्षतामा नेपाल स्वयंसेवी रक्तदाता समाज कार्यसमिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा अशोककुमार सिंह, सचिवमा खगेन पुरी, कोषाध्यक्षमा धर्मराज आचार्य र सह–सचिवमा पुनम विसी छन् । यस्दै सदस्यहरुमा सागर लम्साल, कुमार थापा, भोजप्रसाद आचार्य, सुरेश आचार्य, अनिल ढकाल, सञ्जयनाथ योगी, कृति गुभाजु शाक्य र चन्दा रेग्मी छन् । सल्लाहकारमा भने सुदर्शन श्रेष्ठ, लक्ष्मण कँडेल र सुशिलराज शर्मा छन् ।

रक्तदातालाई सम्मान गरिदै

५६ औं राष्ट्रिय रक्तसञ्चार दिवसका अवसरमा सुर्खेत उद्योग वाणिज्य संघले आज वीरेन्द्रनगर वृहत रक्तदान एवं सर्वाधिक रक्तदातालाई सम्मान गर्ने भएको छ । विहान साढे ७ बजेदेखि संघको परिसरमा हुने रक्तदान कार्यक्रममा हालसम्मकै सर्वाधिक रगत संकलन गर्ने लक्ष्य लिइएको संघका महासचिव भद्र भण्डारीले जानकारी दिए ।

यसै अवसरमा नेपालमा सबैभन्दा बढि १ सय ७० पटक रक्तदान गरेका प्रेमसागर कर्माचार्यलाई दोसल्ला ओढाई सम्मान गर्ने कार्यक्रम रहेका उनले बताए । सुर्खेत जिल्लामा पनि पुरुषतर्फ सर्वाधिक ७४ पटक रक्तदान गर्ने प्रवाशकुमार शाक्य र महिलातर्फ समान १९÷१९ पटक रक्तदान गर्ने ज्योति कार्की पौडेल र कृति गुभाजु शाक्यलाई पनि सम्मान गर्ने कार्यक्रम रहेकाे महासचिव भण्डारिले बताए ।

तपाईको प्रतिक्रिया