दुर्गम गाउँमा स्वास्थ्यकर्मी घरदैलोमा पुुगेर बिरामीको उपचार

हुुम्ला, १२ साउन  ।

दुर्गमको काँडाजिमाना गाउँमा स्वास्थ्यकर्मी घरदैलोमा पुुगेर बिरामीको उपचार गर्नुभएको छ । गाउँपालिकाको स्वास्थ्य नीतिअनुुसार स्वास्थ्य संस्थाको पहुुँचभन्दा टाढाका बस्तीमा सैवाग्राहीलाई घरदैलो स्वास्थ्य कार्यक्रम अन्तर्गत सो घुम्ती सेवा प्रदान गरिएको हो ।

काँडा गाउँकी ५७ वर्षीया बिरामी जौकली थापाले स्वास्थ्यकर्मी गाउँमा पुगेपछि उपचार गर्न पाएको बताइन्  । यसअघि बिरामी हुँदा आफन्तसँग खबर पठाएर बिरामी भएको आधारमा औषधी झिकाउने गरिदैआएको र अहिले स्वास्थ्यकर्मीसँग चेकजाँच गरेर उपचार गर्न पाएको उनले बताइन । गाउँमा रहेका बिरामीले निशुल्क रुपमा चेकजाँच गर्न र औषधि पाएपछि सबै सेवाग्राही खुसी भएको बताए ।

गाउँमा यसरी स्वास्थ्य उपकरण र औषधिसहित दक्ष स्वास्थ्यकर्मी पुगेर उपचार गरेको पहिलो पटक भएको स्थानीयले बताएका छन्  । एक दिनमा एक सय पचास जना बिरामीको उपचार गरिएको छ । साना बालबालिकादेखि ८० वर्ष माथिका जेष्ठ नागरिकको उपचार सो घुम्ती टोलीमा गरिएको छ । घरदैलो स्वास्थ्य कार्यक्रममा गर्भवतीहरुको गर्भजाँच गरिएको थियो ।

स्राेत ः गाेरखापत्र

दुर्गम  गाउँमा स्वास्थ्यकर्मी घरदैलोमा पुुगेर बिरामीको उपचार

खुकुरी प्रहार गरि फरार रहेका व्यक्तिहरु पक्राउ

दुर्गम  गाउँमा स्वास्थ्यकर्मी घरदैलोमा पुुगेर बिरामीको उपचार

देशभर आंशिक देखि सामान्य बदली रही हल्का

Leave a comment

Your email address will not be published. Required fields are marked *