खुकुरी प्रहार गरि फरार रहेका व्यक्तिहरु पक्राउ

जाजरकाेट १२ साउन ।
वडा अध्यक्ष लाई खुकुरी प्रहार गरि फरार रहेका व्यक्तिहरु पक्राउ परेका छन् । २०७९साउन ९ गते बिहान जिल्ला जाजरकोट बारेकोट गा.पा.–०६ का वडा अध्यक्ष डम्मर बहादुर महतरालाई टेकेन्द्र नेपाली र अविनास बि.क.ले आफ्नै घरमा बसी रहेको अवस्थामा खुकुरी प्रहार गरी घाईते बनाई भागी फरार रहेका थिए ।

उक्त सुचनाकाे अाधारमा कार्यालयमा प्राप्त हुनसाथ तत्कालै यस कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास सुरु गरेका थिए । २०७९ साउन १० गते साझ जाजरकोट कुसे गा.पा.–०५ बाटुले स्थित बाटोमा भाग्दै गरेको अवस्थामा फेला पारी रितपुर्वक पक्राउ गरेकाे हाे ।
आवश्यक कारवाहीको लागि साउन ११ गते जिल्ला अदालत जाजरकोटबाट ज्यान मार्ने उद्योग कसुरमा ६ (छ) दिन को म्याद थप लिई थप अनुसन्धान भई रहेको छ । उक्त घटनामा वडा अध्यक्षको टाउकोमा ७ वटा टाँका लागेको र हाल कोहल्पुर मेडिकल कलेजमा थप उपचार भइरहेकाे छ ।






