सुन–चाँदीको मूल्य बढ्यो

काठमाडौं, २६ असार ।
साताको पहिलो दिन आज सुन–चाँदीको मूल्य बढेको छ । आइतबार सुन प्रतितोला ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार भने सुन प्रतितोला ९४ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो। उक्त दिन चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
यसर्थ, सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
स्रोात : सेतोपाटी






