करणी मुद्दामा प्रतिवादी पक्राउ

दिपेन्द्र शर्मा
जाजरकोट २४ जेठ ।
२०७९ जेठ २२ गते राति अप्राहन ०३ ः०० बजेको समयमा जिल्ला जाजरकोट भेरी नगरपालिका वडा नं. ०१ रिम्ना बस्ने बर्ष ४८ को खिम बहादुर रानाले परिवर्तित नामथर, वतन ६३ बर्दिया १ लाई जवरजस्ती करणी गरेको भन्ने सुचना जाजरकोट इलाका कार्यालयमा जानकारि भएको थियो ।
तत्काल ईलाका प्रहरी कार्यालय रिम्ना जाजरकोट बाट खटिई गएको प्रहरी टोलिले निजलाई खोज तलास गर्दै जाने क्रममा निजलाइ ०३ः३० बजेको समयमा पिडितकै घर नजिक बाट भागी रहेको अवस्थामा फेला पारेको हो ।
नियन्त्रणमा लिई जाजरकोट जिल्ला अदालत बाट करणी सम्बन्धि कसुरमा ७ (सात) दिनको म्याद थप भई अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोट प्र अ, पुष्कर राज पन्तले जानकारि दिनुभयको हो ।






