वीरेन्द्रनगर–३ मा एमालेका विनोदसिंह विष्ट विजयी, सदस्य ४ जना काँग्रेस उम्मेदवार विजयी

सुर्खेत, २ जेष्ठ ।
सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ को वडा अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार विनोद सिंह विष्ट निर्वाचित भएका छन् । नेपाली काँग्रेसकाे गढकाे विष्टले १२४ मतान्तरमा भत्काएका हुन ।

विष्टले १४१२ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार निवर्तमान वडा सदस्य शैलेन्द्र कुमार भारतीले १२८८ मत प्राप्त गरेका छन् ।

विष्टले प्रतिद्धन्द्धी नेपाली कांग्रेसका शैलेन्द्रकुमार भारतीलाई हराउँदै वडाध्यक्ष पदमा निर्वाचित भएका हुन् । नेपाली काँग्रेसको प्रभाव क्षेत्र मानिने वीरेन्द्रनगर–३ लाई एमालेका उम्मेदवारले तोडेका छन् ।

वडा अध्यक्ष एमालेका उम्मेदवार विजयी भएपछि अन्य ४ जना वडा सदस्य भने नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

वडा सदस्यमा नेपाली काँग्रेस उम्मेदवार सरस्वती कुमारी थापा १३५६ मत, रमिला विक १३६० मत, सविन चालिसे १२४३ मत र शेर बहादुर थापाले १२४५ मत प्राप्त गरेर विजयी भएका छन् ।

वीरेन्द्रनगर–३ मा एमालेका विनोदसिंह विष्ट विजयी, सदस्य ४ जना काँग्रेस उम्मेदवार विजयी

बनगाडकुपिण्डे–११ मा माओवादीका बुढामगर बिजयी

वीरेन्द्रनगर–३ मा एमालेका विनोदसिंह विष्ट विजयी, सदस्य ४ जना काँग्रेस उम्मेदवार विजयी

चिङ्गाड मतगणनाको अनुगमन

Leave a comment

Your email address will not be published. Required fields are marked *