‘आचारसंहिता उल्लंघन गरे उम्मेदवारी नै रद्द’

काठमाडौं। निर्वाचन आयोगले राजनीति दल तथा उम्मेदवारले आचारसंहिता पालना नगरेको पाइए उम्मेदवारी नै रद्द गरिने चेतावनी दिएको छ। आयोगले आचारसंहिता पालना गरे नगरे सूक्ष्म अनुगमन थालिएको र अनुगमनका क्रममा उल्लंघन गरिएको पाइए उम्मेदवारी रद्द गरिने चेतावनी दिएको हो।

आयोगमा देशका विभिन्न जिल्लामा उम्मेदवार र राजनीतिक दलले एकपछि अर्को गर्दै आचारसंहिता उल्लंघन गरेको उजुरीहरू आउने क्रम पनि बढेको छ। उजुरी आउने क्रम बढेपछि आयोगले सूक्ष्म अनुगमन थालेको हो।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिताविपरीत पोस्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले राखेको पाइए कारबाही गरिने चेतावनी दिएका हुन्। उनले आचारसंहिता उल्लंघन गरिएका उजुरी आउने क्रम बढेको जनाउँदै त्यस्ता उजुरीमाथि गम्भीर छानबिन थालिएको बताए।

आयोगले आचारसंहिताविपरीतका सामग्री जुन स्थानमा राखिएको छ सोही स्थानीय तहको उम्मेदवारले राखेको ठहर गरी सोही दल वा उम्मेदवारबाटै हटाउन आदेश दिइने र आदेशको बर्खीलाफ गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले १ लाख रुपैयाँसम्म जरिमाना गराउने वा उम्मेदवारी नै रद्द गराउन सकिने आयोगले स्पष्ट पारेको छ।

‘कुनै उम्मेदवारले आचारसंहिताको उल्लंघन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा त्यसको स्पष्ट आधार र कारण खोली आयोगले त्यस्तो उम्मेदवारको उम्मेदवारी रद्दसमेत गर्ने प्रावधानको सरोकारवालालाई स्मरण गराइन्छ,’ आयोग प्रवक्ता शर्माले भने। राजधानी दैनिकमा समाचार छ।

‘आचारसंहिता उल्लंघन गरे उम्मेदवारी नै रद्द’

३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित, कुन दलका

‘आचारसंहिता उल्लंघन गरे उम्मेदवारी नै रद्द’

एक अलग लडाइँ : जो एकसाथ कैयौं

Leave a comment

Your email address will not be published. Required fields are marked *