हतियार बुझाउन जाजरकोट प्रशासनको आग्रह

मोहन सिंह ठकुरी
जाजरकोट, ९ बैशाख ।
इजाजत प्राप्त हात हतियार वैशाख १२ भित्र बुझाउन जिल्ला प्रशासन कार्यालय जाजरकोटले आग्रह गरेको छ । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा शान्त, भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यका साथ जिल्लाका नागरिकलाई इजाजत प्राप्त सबै हात हतियार बुझाउन प्रशासनले निर्देशन दिएको प्रशासकीय अधिकृत झलक केसीले बताए ।

विहीबार प्रशासनले दोस्रो पटक जारी गर्दै वैशाख १२ गते भित्र आ–आफ्नो नजिकको प्रहरी कार्यालय वा प्रशासनमा हातहतियार बुझाउन सार्वजनिक रूपमा सूचना जारी गरेको अधिकृत केसीको भनाई छ ।

यदि बुझाएमा हातहतियार प्रहरी कार्यालयमा सुरक्षित ढंगले राखिने र निर्वाचन कार्य सम्पन्न भए पश्चात् सम्बन्धित व्यक्ति लाई नै बुझाउने उनको भनाई छ ।

निर्धारित समयभित्र नबुझाएमा अटेर गरी बसेको पाइएमा त्यस्ता व्यक्तिको हातहतियार खोजतलास गरी कानुन बमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिइएको छ । प्रशासनले गत चैत्र मसान्तभित्रको अल्टिमेटम दिई सूचना सार्वजनिक गरेको थियो ।

हतियार बुझाउन जाजरकोट प्रशासनको आग्रह

कुमाखबाट एसइइमा ६०७ जना विद्यार्थी सहभागी

हतियार बुझाउन जाजरकोट प्रशासनको आग्रह

वीरेन्द्रनगरका नगर प्रमुखद्धारा १३ लाख ५० हजार

Leave a comment

Your email address will not be published. Required fields are marked *