समाजवादीको निकट युवा संघको नगर स्तरीय प्रचार कमिटी

दुर्गा विसी
सल्लीबजार, २५ चैत्र ।
नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको नगरपालिका स्तरीय प्रचार कमिटी गठन गरिएको छ । प्रशान्त साहुको अध्यक्षतामा एकीकृत समाजवादी युवा संघ नगर कमिटी पुनर्गठन गरिएको छ ।
उपाध्यक्षमा शम्भु कुमारी विक, सचिवमा चन्द्र वहादुर केसी, उप–सचिव चन्द्रीका वस्नेत, मन्दिप विक, सदस्यमा पुष्पा साहु, प्रमिल केसी, मेघराज विक, अमर थापा र अनिल वुढासहित ६१ सदस्यिय कमिटी गठन गरिएको छ ।
युवा संघ नेपालको नगर स्तरीय प्रचार प्रसार कमिटी गठनमा नेकपा समाजावादि प्रदेश कमिटी सदस्य तथा पार्टी इन्चार्ज गणेश विसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य जीवन विसी, पार्टी नगर कमिटी अध्यक्ष रविराज शर्माको उपस्थिति रहेको थियो ।
त्यसैगरी जिल्ला कमिटी सदस्य टोपवहादुर विष्ट, विजय नेपाली, तुङ्ग विसी, शान्त कुमार यरी, वडा कमिटी अध्यक्ष दिप वस्नेत, अनेरास्ववियु समाजवादी विद्यार्थी संगठनका स्थायी कमिटी सदस्य तिलक नेपाली लगायतका वक्ताहरुले धारणा राखेका थिए ।
स्थानीय तह निर्वाचनका लागि समाजवादीले युवा परिचालन गर्ने भएको छ । ठाउँ ठाउँमा स्थानीय चुनाव प्रचार प्रसारका युवा संगठनलाई खटाउने गरी कार्य विभाजन गरेको बताएको छ ।
नेताहरुले विद्यमान वडा र टोलहरुको विषयमा मतदाता तथ्यांक विश्लेषण गरेका थिए । पार्टीका विभिन्न कमिटीहरु क्रियाशिल पार्न जोड दिएको थियोे । अबको समयमा घनिभुत रुपमा संगठन निर्माण कार्यमा काम गर्ने गरी लाग्न जोड दिइएको छ ।






