बाली तथा पशुपंक्षी वीमा अभिकर्ताको आधारभूत तालिम

प्रचण्ड खत्री
रुकुम पश्चिम, २५ चैत्र ।
रुकुम पशिमको मुसिकोटमा ३ दिने बाली तथा पशुपंक्षी वीमा अभिकर्ताको तालिम सुरु भएको छ । तालिममा ६ वटै स्थानीय तहका कृषि तथा भेटेनरीका प्राबिधिकको सहभागिता रहेको छ ।

एनएलजी ईन्स्योरेस कम्पनि लिमिटेड रुकुम उपशाखाको आयोजनामा तालिम आयोजना गरेको रुकुम उपशाखा प्रमुख मोहन बिसीले जानकारि दिए ।

कार्यक्रममा जोखिम, बिमाको शिदान्त तथा क्षेत्र, नीतिनियम, कृषि तथा पशुपंक्षी बिमानिर्देशिका २०७७, पन्छी बीमालेखा, पशुबिमा लेखा, अदुवा बेसार बिमा लेखा र सुन्तला जुनार र कागती वीमा लेखा सम्बन्धि सिकाईने उपशाखा प्रमुख बिसीले बताए ।

तालिममा २५ जना प्राबिधिकको सहभागिता रहेको बताएको छ । तालिमको सहजिकरण कृषि तथा पशुपंक्षी बिभागका प्रमुख समिर कुमार श्रेष्ठ, समेरा कार्की, बिबेक भण्डारी, बिजेशराज भण्डारीले गरिरहनु भएको छ । कृषि बीमा, पशु वीमा सहजकर्ता उत्पादन गर्ने लक्ष्का साथ तालिमको आयोजना गरिएको हो ।

बाली तथा पशुपंक्षी वीमा अभिकर्ताको आधारभूत तालिम

कर्णालीमा कति दल लड्दैछन् चुनाव ?

बाली तथा पशुपंक्षी वीमा अभिकर्ताको आधारभूत तालिम

समाजवादीको निकट युवा संघको नगर स्तरीय प्रचार

Leave a comment

Your email address will not be published. Required fields are marked *