कोटमाझखर्कका १०२ जना बर्षौपछि जग्गाको मालिक

दिलिप ढकाल
गुर्भाकोट, २५ चैत्र ।
भेरीगंगा नगरपालिका वडा नम्बर ८ का कोटमाझखर्क नापनक्सा, कित्ताकाट भएको बर्षौपछि जग्गाको स्थायी मालिक बनेका छन् । भूमि आयोग जिल्ल कार्यालय सुर्खेतले जग्गाधनी स्थायी पुर्जा वितरण गरेपछि जोतभोग गर्दै आएको जमिनको मालिक बनेका हुन ।
एक कार्यक्रमवीच जग्गाधनी लालपुर्जा वितरण गरिएकाे छ । मैनतडाको पिपल चौतारामा एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय भुमि आयोग केन्द्रिय अध्यक्ष केशव निरौलाले जग्गाधनी पुर्जा शुक्रबार वितरण गर्नुभएको हो ।
शुक्रबारको कार्यक्रममा वडा नं. ८ का १०२ जना व्यक्तिहरुलाई पुर्जा वितरण गरिएको हो । पुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष निरौलाले शुक्रबारका दिनदेखि वडा नं. ८ का सबै जनताले निरन्तर पुर्जा पाउने बताउनुभयो ।
आफ्नो कार्यकालमा पुर्जा वितरण कार्यमा कुनै कसर बाकी नराख्ने बताउदै अध्यक्ष निरौलाले काममा सहयोग गर्न सबै निकायलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा भूमि आयोग सुर्खेतका अध्यक्ष श्रीधर पौडेलले आफ्नो कार्यकालको दुई महिनाको प्रगती विवरण सुनाउँदै कामका सहयोग गर्ने सबै निकाय तथा कर्मचारीहरुलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग पाउने आशा व्यक्त गर्नुभयो ।
भेरीगंगा नगरपालिका नगर प्रमुख भुपेन्द्र बहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा आयोगका केन्द्रिय सदस्य गोवद्र्धन वली, उप–प्रमुख रेणु आचार्य, जिल्ला आयोगका पदाधिकारी, मालपोत तथा नापी कार्यालयका प्रमुख, विभिन्न राजनैतिक दलका प्रतिनिधि लगाएको उपस्थिती रहेको थियो ।
त्यसैबिच शुक्रबार गुर्भाकोट नगरपालिका भीत्रका कोटमाझखर्क अन्तर्गतका ३२ जना जग्गाधनीहरुलाई लालपुर्जा वितरण गरिएको छ । वितरण गरीएका पुर्जाहरुको श्रेष्ता मालपोत कार्यालय मेहेलकुनामा बुझाउने र छिट्टै श्रेष्ता मोठ कायम गरिने अध्यक्ष श्रीधर पौडेलले बताउनु भयो ।








