गुर्भाकोटको गुमीमा होली मेला नगर प्रमुखबाट उद्घाटन

दिलिप ढकाल
गुर्भाकोट, ३ चैत्र ।
ऐतिहाँसिक परम्परागत गुर्भाकोट होली मेला गुमीमा सुरु भएको छ । खेलकुद तथा सांकृतिक समिति गुर्भाकोट नगरपालिका–१३ र १४ को आयोजनामा संचालन भएको छ ।

ऐतिहाँसिक होली मेलाको उद्घाटन गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुनले गर्नुभएको छ । यहि फागुन २ गतेदेखि सुरु भएको गुर्भाकोटमा ऐतिहाँसिक होली मेला यहि फागुन ४ गते सम्पन्न हुनेछ । होली मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने छ ।

गुमीको शान कला र संस्कृति हाम्रो पहिचान भन्ने मुल नारासहित संचालन हुने ऐतिहाँसिक होली मेलामा यहि चैत्र ३ गते राष्ट्रिय कलाकारहरु गोपाल जीयम, जानकी तारामी मगर र अनिल चन्दको धमाकेदार प्रस्तुति रहने छ ।

चैत्र ४ गते चर्चित लोक दोहोरी गायक पशुपति शर्मा र बाल गायक सुप्रिम मल्ल ठकुरी प्रस्तुति रहने छ । साथै ऐतिहाँसिक होली मेलामा स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने छ ।

कार्यक्रमको उद्घाटन सत्रमा कर्ण बि.एम ले स्वदेश गान प्रस्तुत गर्नुभएको थियो भने संगीत चौतारीको (लाईभ दोहोरी समुह)ले उक्त गितमा लाईभ नाच सो गरेको थियो ।

कार्यक्रममा गुर्भाकोट लेकबेशी र भेरीगंगाका धेरै दर्शकहरुको सहभागिता हुने आयोजक टिमले अनुमान गरेको छ । नगर प्रमुख हस्त पुनको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको उक्त कार्यक्रमको विशेष अथिति वडा नम्बर १२ का वडा अध्यक्ष मधु गुरुङले गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व गुमीचुली जागरण युवा क्लबका अध्यक्ष रमेश पुनमगरले गर्नुभएको थियो ।

गुर्भाकोटको गुमीमा होली मेला नगर प्रमुखबाट उद्घाटन

एमाले दैलेख अध्यक्षमा शर्मा विजयी (मत परिणामसहित)

गुर्भाकोटको गुमीमा होली मेला नगर प्रमुखबाट उद्घाटन

चुनाबको मुखैमा हुम्लामा कोरोना संक्रमण पुष्टि

Leave a comment

Your email address will not be published. Required fields are marked *