अनेम संघ कालिमाटीको अध्यक्षमा अनिता सोमै

दिलिप ढकाल
गुर्भाकोट, २८ फागुन ।
नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ कालिमाटीको प्रथम पालिका सम्मेलन सल्यानको कालिमाटीमा सम्पन्न भएको छ । शुक्रबार कालिमाटीमा सम्पन्न भएको उक्त कार्यक्रमले अनिता सोमैको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

त्यस्तै सम्मेलनले खिमा भण्डारी उपाध्यक्ष, टिका सुनार सचिब, सिता सुबेदी वली सह–सचिब, तुलसा केसी कोषाध्यक्ष लगायत चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा गीता घर्ती, सिता घर्ती, सिर्जना राना, लक्ष्मी कुमारी बुढाथोकी, छादिकला थापा, पुर्णिमा सुनार, कमला भण्डारी, कमला घर्ती मगर, सशिकला घर्ती मगर, तेज सरा गाहा मगर, सुकुमाया खड्का लगायत ४५ जनाको पालिका कमिटी गठन भएको हो ।

अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य, नेकपा एमाले जिल्ला कमिटी सदस्य, कालिमाटी गाउँपालिका वडा नम्बर ६ को इन्चार्ज तथा कालिमाटी गाउँपालिकाकी उपाध्याक्ष सहनसिलता वली डिसीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको थियो ।

इन्द्र बहादुर ओली जिल्ला कमिटी सदस्य, अमर डाँगी जिल्ला कमिटी सदस्य, बिर बहादुर ओली जिल्ला कमिटी सदस्य, नेकपा एमाले गाउँ कमिटी अध्यक्ष केसर सिंह बुढा, अनेम संघ प्रदेश कमिटी सदस्य दिलमाया खत्री, अनेम संघ प्रदेश कमिटी सदस्य सुमित्रा राना, लेखा आयोगको जिल्ला सदस्य इन्द्र बहादुर पुनकाे भेलामा उपस्थिति रहेकाे थियाे ।

त्यसैगरी जिल्ला कोषाध्यक्ष राधा सुनार, जिल्ला सल्लाहकार सदस्य भूप बहादुर खत्री, जिल्ला सल्लाहकार सदस्य जित बहादुर वली, अखिल नेपाल महिला संघ जिल्ला सदस्य लक्ष्मी सुनार, जिल्ला सदस्य भाबना बिक, कालिमाटी गाउँपालिका सचिब बेला बहादुर चन्द, कालिमाटी गाउपालिका उपसचिव राष्ट्रिय युवा संघ कालिमाटी गाउँपालिका अध्यक्ष दिलिप रावत, लक्ष्मी कुमारी बुढाथोकी, गोपी केसी लगायतको उपस्थिति रहेको थियो ।

अनेम संघ कालिमाटीको अध्यक्षमा अनिता सोमै

२६ वटा कम्पनीको ७ अर्ब २६ करोडको

अनेम संघ कालिमाटीको अध्यक्षमा अनिता सोमै

दुई लाख नेपाली विदेशीए, पाँच खर्ब ४०

Leave a comment

Your email address will not be published. Required fields are marked *