लागुऔषध सम्बन्धी सचेतना कार्यक्रम

बसन्त कुमार शर्मा
जाजरकोट, २० फागुन ।
लागुऔषध सम्बन्धी विद्यार्थीहरुलाई सचेतना कक्षा सञ्चालन गरिएको छ । जाजरकोट भेरी नगरपालिका वडा नं. १ मा रहेको शिव माध्यमिक बिद्यालय कालेगाउमा अध्ययनरत विद्यार्थीहरुका लागि कक्षा सञ्चालन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोट, युवा जागरण बिकास केन्द्र साझेदारी आयोजनामा “लागु औषध सचेतनामुलक कार्यक्रम’’ बिद्यालयका सम्पूर्ण युवा विद्यार्थीहरुको सहभागीता सचेतना कक्षा सञ्चालन गरिएको थियो ।

बिद्यार्थीहरुलाई लागू औषध सेवन गर्ने बानी बस्यो भने ब्यक्तिको जीवन परिवार समुदाय सबै क्षेत्रमा नकारात्मक असर पर्नुका साथै स्वास्थमा हानिकारक गर्ने युवा जागरण बिकास केन्द्र सहदेव बस्नेतले बताउनुभयो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले लागू औषध सम्बन्धि कार्यक्रम सहभागी शिक्षक–शिक्षिका, अभिभावक, छात्र–छात्रा सबैलाई सचेतना प्रशिक्षण दिँदै लागू औषधले ब्यक्तिको ब्यक्तित्व नाश हुने र समाजमा विभिन्न बिकृती फैलिने हँुदा लागुऔषधको सेवन नगर्न र नगराउन, साथीहरूको लहलहमा लागेर भबिस्य अँध्यारो तिर धकेल्न नहुने बताउनुभयो ।

कार्यक्रमको अध्यक्ष एवम शिव माध्यमिक बिद्यालयका प्रधानाध्यापक तिलक बहादुर खत्रीले कार्यक्रम बोल्दै यति राम्रो कार्यक्रमको आयोजना गर्नुहुने सबैलाई धन्यवाद दिदै विद्यार्थीले लागू औषध सेवन गर्दा हाम्रो मस्तिष्कले काम गर्न छोड्छ र अनैतिक क्रियाकलापमा संलग्नता हुने भएको ले शिक्षा स्वास्थ्यको हानी संगै परिवार समाजमा बिकृती फैलिने बताउनुभयो ।

साथै कलह मच्चिने भएकोले बिद्यालयमा १० बजे देखि ४ बजे सम्म मात्र बस्ने त्यो भन्दा बढी समय घर परिवार सङ्ग बिताउने हुँदा अभिभावकले आफ्ना छोराछोरीको साथ को सङ्ग छ, पढ्न बिद्यालय जान्छ, जादैन सम्पुर्ण क्रियाकलापको निगरानी गर्नुपर्ने बताउनुभयो ।

लागुऔषध सम्बन्धी सचेतना कार्यक्रम

ठाँटीकाँधमा निसासिएर आमा छोराको मृत्यु

लागुऔषध सम्बन्धी सचेतना कार्यक्रम

‘भोट माग्न जाँदा गरेका अधिकांश बाचा पूरा

Leave a comment

Your email address will not be published. Required fields are marked *