मोतियाविन्दु छनौट एवं शल्यक्रिया शिविर सञ्चालन हुँदै

दुर्गा विसि
सिम्ता (सुर्खेत), १९ फागुन ।
सुर्खेत सिम्ता गाउँपालिकाले जेष्ठ नागरिकका लागि आँखाको शिविर सञ्चालन गर्न लागेको छ । स्थानीय तह आए देखि सिम्ता गाउँपालिका नागरिकको सारथी बनिरहेको छ ।

सदा झै यस पटक पनि जेष्ठ नागरिकका लागि सिम्ता गाउँपालिकाले मोतिया विन्दु भएका जेष्ठ नागरिकका निम्ति शिविर सञ्चालन गर्ने भएको छ ।

आर्थिक अभाव हुने नागरिकले आँखा चेकजाँच गर्न सुर्खेत वा नेपालगञ्ज जानुपर्ने बाध्यतालाई गाउँपालिको सो नागरिकको समस्यामा सारथी बन्ने गरेको छ ।

गाउँपालिकाले पटक–पटक जेष्ठ नागरिकहरुको लागि कहिले आँखा शिविर, महिलाहरुको लागि पाठ्यघर, तल्लो पेट समस्या भएकाहरुका लागि शिविर, बालवालिकाका लागि उपचार शिविर सञ्चालन गर्दै आएको छ । नागरिकका लागि सिम्ता गाउँपालिकाले जहिल्यै नि विभिन्न खाले स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेको छ ।

सिम्ताका विभिन्न वडाहरुमा यहि फाल्गुन २२ गतेदेखि २७ गतेसम्म सञ्चालन हुन गइरहेको जेष्ठ नागरिक तथा मोतिया विन्दु छनांैट शिविरमा उपस्थितिका लागि गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र पुनले अपिल गर्नुभएको छ । विशेष गरी आँखाका विरामीको निःशुल्क उपचार तथा सल्यक्रियाको समेत व्यवस्थापन गरेको छ ।

सिम्ता गाउँपालिका सुर्खेतमा यहि मिति २०७८ फाल्गुन २२ गतेदेखि २७ गतेसम्म जेष्ठ नागरिक तथा मोतियाविन्दु छनौंट एवं शल्यक्रिया शिविर सञ्चालनमा सिम्तावासीलाई सो सुविधा लिन गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले समेत आव्हान गर्नुभएको छ ।

मोतियाविन्दु छनौट एवं शल्यक्रिया शिविर सञ्चालन हुँदै

युवा नेता घर्तीको रक्तदानले एक महिलाको ज्यान

मोतियाविन्दु छनौट एवं शल्यक्रिया शिविर सञ्चालन हुँदै

१२ तस्विरसहित रूस–युक्रेन युद्धमा अहिलेसम्म कतिले गुमाए

Leave a comment

Your email address will not be published. Required fields are marked *