एमसीसी पारित नगर्न सांसदलाई झलनाथकाे आग्रह, एमसीसीसँग सम्बन्धित सबै दस्तावेज सदनमा पेस गर्न माग

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले सांसदहरुलाई एमसीसी सम्झौता पारित नगर्न आग्रह गरेका छन् । प्रतिनिधिसभामा एमसीसी प्रस्तावमाथिको सामान्य छलफलमा भाग लिँदै खनालले आफूहरु जनताको प्रतिनिधि भएकाले कुनै पनि सन्धि सम्झौतालाई राम्ररी अध्ययन गरेरमात्र पारित गर्नुपर्ने बताए ।

उनले एमसीसीसँग सम्बन्धित सबै दस्तावेज सदनमा वितरण गर्न सभामुखमार्फत माग गरेका छन् ।

उनले एमसीसी र एमसीसीसँग भएका पत्राचार पनि सदनले हेर्न पाउनुपर्ने बताए ।

पूर्व प्रधानमन्त्री खनालले एमसीसी सम्झौता शर्तै शर्तले बेरिएको भन्दै ती शर्तहरु आफूहरुलाई अमान्य रहेको बताए । उनले त्यस्ता शर्त मानेर सहयोग लिनुभन्दा आफ्नै साधन र स्रोत प्रयोग गरेर देशको विकास गर्न सकिने बताए ।

एमसीसी पारित नगर्न सांसदलाई झलनाथकाे आग्रह, एमसीसीसँग सम्बन्धित सबै दस्तावेज सदनमा पेस गर्न माग

एमसीसी सम्झौता पारित भए नेपाल उपेनिवेशीकरणको बाटोमा

एमसीसी पारित नगर्न सांसदलाई झलनाथकाे आग्रह, एमसीसीसँग सम्बन्धित सबै दस्तावेज सदनमा पेस गर्न माग

एमसीसी सम्झौता राष्ट्रकाे हितमा छ : बाबुराम

Leave a comment

Your email address will not be published. Required fields are marked *