रुसको आक्रमणबाट १९८ युक्रेनीको मृत्यु, युक्रेनलाई बेलायती राजपरिवारको साथ, रुसी अर्बपतीले गुमाए ९० अर्ब डलर

काठमाडौं, १५ फागुन ।
युक्रेनमा रुसी सेनाले आक्रमण गरेपछि भएको भिडन्तका क्रममा अहिलेसम्म १९८ जना युक्रेनीको मृत्यु भएको छ । युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर ल्याश्कोले नै कम्तीमा १९८ जना युक्रेनीको मृत्यु भएको पुष्टि गरेका हुन् ।

मारिएकामध्ये तीन जना बालबालिका पनि रहेको उनले जानकारी दिए । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले दिएको जानकारी अनुसार मृतकको संख्या अझ धेरै हुन सक्ने सम्भावना रहेको छ ।

पछिल्लो तीन दिनदेखिको भिडन्तका क्रममा अरु एक हजार ११५ जनाको मृत्यु पनि भएको अधिकारीहरूले जनाएका छन् । घाइते भएका बालबालिकाको संख्या भने ३३ रहेको छ । देश जोगाउनका लागि अहिले सुरक्षाकर्मी, स्वयंसेवक र आम नागरिक पनि हतियारसहित भिडन्तमा उत्रिएका छन् ।

(Photo by Sergei SUPINSKY / AFP)

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई अमेरिकाले उद्धार गर्ने खबर पठाए पनि उनले अस्वीकार गरे । अमेरिकी सञ्चारमाध्यमहरूले नै युक्रेनबाट उद्धार गर्ने अमेरिकाको प्रस्तावलाई उनले अस्वीकार गरेको जनाएका छन् ।

अमेरिका अधिकारीहरूलाई उनले जवाफ दिएका छन्, ‘यहाँ लडाइँ भइरहेको छ, मलाई हतियार चाहिएको छ, म यही रहेर देश बचाउने छु, मलाई कतै जानु छैन । म जनतासँगै रहेर शत्रुका विरुद्धमा लड्नेछु ।’

विगतमा हास्यव्यङ्ग्यकार तथा अभिनेता समेत रहेका राष्ट्रपति जेलेन्स्कीको यस जवाफका बारेमा सामाजिक सञ्जालमा व्यापक प्रशंसा भइरहेको छ ।

जबसम्म शत्रुले आक्रमण गरिरहने छन्, तबसम्म त्यसको सामना आफुले गरिरहने अठोटसहित उनले आफू युद्ध मैदानमै उत्रिएको देखिने एउटा भिडिओ पनि सामाजिक सञ्जालमा राखेका थिए ।

युक्रेनलाई बेलायती राजपरिवारको पनि समर्थन
युक्रेन र रुसबीचको भिडन्तमा बेलायती राजपरिवारले पनि युक्रेनलाई समर्थन गरेको छ । बेलायती राजकुमार विलियम र उनकी पत्नी केटले शनिबार युक्रेनलाई समर्थनको सन्देश पठाएका हुन् ।

‘बेलायती बरिष्ठ सदस्यहरू र आफूहरूको तर्फबाट युक्रेनका जनताप्रति समर्थन छ,’ उनीहरूले पठाएको सन्देशमा उल्लेख गरिएको छ । राजकुमार दम्पतीले सन् २०२० को अक्टोबरमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र उनकी श्रीमतीलाई भेटेको स्मरण पनि गरेका छन् ।

उनीहरूले अहिलेको समस्या तत्काल समाधान भएर युक्रेनको भविष्य राम्रो हुने विश्वास पनि व्यक्त गरेका छन् । ‘हामी तपाईँहरूको साथमा छौँ, तपाईँहरूलाई हामी सहयोग र समर्थन गर्न चाहन्छौँ, युक्रेनी जनताको जित होस्,’ उहाँहरूले सन्देशमा उल्लेख गरेका छन् ।

युक्रेन हमला : रुसी अर्बपतीले गुमाए ९ दिनमा ९० अर्ब डलर
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार देशका व्यापारी नेताहरूलाई रुसी प्रशासन केन्द्र क्रेमलिनमा आयोजित एउटा बैठकमा बोलाएका थिए । बैठकमा कम्तिमा १३ अर्बपतीको उपस्थिति थियो ।

‘के भइरहेको छ भन्ने एउटा आवश्यक कदम हो,’ उनले बैठकमा भनेका थिए, ‘हामीसँग अन्यथा गर्ने कुनै मौका छैन् ।’ वास्तवमा पुटिनले मस्कोले युक्रेनमा हमला गर्दा रुसी अर्बपतीले गुमाउनु पर्ने सम्भावित नोक्शानबारे अप्रत्यक्ष रुपमा संकेत गरेका थिए ।

हो, पुटिनको हमलाले युक्रेनमा विनाश मात्रै गरेको छैन, यसले विश्वभरका बजारहरूलाई अस्थिर बनाएको छ । यसले उनका आफ्नै सहयोगीको भाग्यमा समेत असर गरेको छ ।

राष्ट्रपति पुटिनले युक्रेनमा पूर्ण मात्रामा आक्रमण गरेपछि देशको शेयर बजार र रुबलमा गिरावट आएपछि रुसका अर्बपतीहरुको अर्बौ डलर गुमेको छ ।

पछिल्लो ९ दिनमा रुसका ११६ अर्बपतीहरुले ९० अर्ब डलर गुमाएको फोब्सको अनुमान छ । त्यो मध्ये ३९ अर्ब डलर बिहीबार स्वाह भएको थियो । रुसको मोएक्स सूचाकांक ३३५ तल झरेपछि र रुबलको मूल्य डलरको तुलनामा निकै गिरावट आएपछि रुसी उद्योगपतिहरुले ठूलो मूल्य चुकाएका हुन् ।

प्रतिबन्धहरूको जोखिम अर्बपती कुलीन वर्गको सानो सर्कल भन्दा बाहिर फैलिएको छ । अमेरिका, बेलायत र युरोपेली युनियन लक्षित व्यवसायहरूले रूसी अर्बपतीलाई अझै नोक्शान पुग्ने अनुमान गरिएको छ ।

रुसको आक्रमणबाट १९८ युक्रेनीको मृत्यु, युक्रेनलाई बेलायती राजपरिवारको साथ, रुसी अर्बपतीले गुमाए ९० अर्ब डलर

युक्रेनबाट नेपालीको उद्धारमा दुतावास र नेपाली समुदाय

रुसको आक्रमणबाट १९८ युक्रेनीको मृत्यु, युक्रेनलाई बेलायती राजपरिवारको साथ, रुसी अर्बपतीले गुमाए ९० अर्ब डलर

विदेश जाने श्रमिकको पीसीआर परीक्षण निशुल्क

Leave a comment

Your email address will not be published. Required fields are marked *