शारदा मा.वि. छिन्चुद्धारा विद्यार्थीहरूलाई बिदाई

दिलिप ढकाल
छिन्चु, १४ फागुन ।
भेरीगंगा नगरपालिका–१२ स्थित शारदा माध्यमिक बिद्यालय छिन्चुले तीन वर्षे कृषि (पशु बिज्ञान) पहिलो ब्याजका विद्यार्थीहरूलाई एक कार्यक्रमकाबीच शुक्रबारका दिन विदाई गरेको छ ।
उक्त विद्यालयमा कृषि (पशु बिज्ञान) विषयमा पहिलो ब्याजका रूपमा अध्यनरत ३५ जना बिद्यार्थीहरूलाई भव्य कार्यक्रमका बिच विद्यालयले टीका, खादा र मायाको चिनो प्रदान गरी विदाई गरेको हो ।
तीन वर्षे कृषी (पशु बिज्ञान) पहिलो ब्याजको विद्यार्थीहरूलाई उक्त कार्यक्रममा विदाई गरिएको कुरा विद्यालयका कृषी (पशु विज्ञान) कार्यक्रम संयोजक लालबहादुर खड्काले जानकारी दिनुभयो ।
‘प्राविधिक शिक्षा आजको आबश्यकता’ भन्ने मूल नारासहित पशु बिज्ञान कार्यक्रम सञ्चालन गरेको शारदा मा.बि छिन्चुले तीन वर्षे कृषि (पशु बिज्ञान) पहिलो ब्याजका रूपमा अध्यनरत बिद्यार्थीहरुलाई बिदाई गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष झक बहादुर डाँगीले विद्यार्थीहरूलाई टीका, खादा र मायाको चिनो प्रदान गर्नुभएको थियो । उक्त बिदाई कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जितेन्द्रराज ओली, ,शिक्षक, शिक्षिका, कर्मचारी, तथा विद्यार्थीको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा बिद्यालय परिवारले बिदाई भएर जाने सम्पूर्ण तृतीय वर्षका विद्यार्थी भाइबहिनीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको थियो । कार्यक्रम विद्यालय कर्मचारी दिपेन्द्र डाँगीले संचालन गर्नु भयको थियो ।






