१२ घण्टापछि प्रहरीले खुलाएको रत्न राजमार्ग फेरि अवरुद्ध

छिन्चु, १४ फागुन ।
सुर्खेत–कोहलपुर सडक खण्ड रत्नराजमार्ग शनिबार विहानैदेखि अवरुद्ध रहेको छ । सडक दुर्घटनामा गम्भीर घाइते भएका भेरीगंगा न.पा.–१ वडाध्यक्ष नवराज कार्कीको उपचारको क्रममा मृत्यु भएपछि आफ्न्त तथा स्थानीयले विभिन्न माग राख्दै सडक अवरुद्ध पारेका थिए ।

१२ घण्टादेखी अवरुद्ध रत्न राजमार्ग प्रहरीले बल प्रयोग गरेर केही समय खुलाए पनि पुनः अवरुद्ध गरिएको छ । भेरीगंगा नगरपालिका–१, का वडा अध्यक्ष कार्कीको उपचारको क्रममा शुक्रबार राती मृत्यु भएपछि स्थानीयले बिहानैदेखि सुर्खेतको छिन्चु बजार र सडक बन्द गराएका हुन् ।

दोषीलाई कारवाही हुनुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, हालसम्मको उपचार खर्च दिनुपर्ने लगायत माग राख्दै स्थानीयले बजार र सडक बन्द गराएका छन् ।

सडक अवरुद्धहुँदा रत्न राजमार्ग भएर बाहिरिने र भित्रने सवारी साधन सयौंको बाटोमा लाम लागेको छ । बाटोमै रोकिएका सवारी साधानका यात्रुहरु छिन्चुमा विचल्ली भएका छन् ।

प्रहरीले लामो समयदेखी रोकिएका सवारीहरुलाई बल प्रयोग गरेर खुलाउने प्रयास गरेपछि आफन्तहरुले सवारी फेरि सवारी रोकेका हुन् । प्रहरीले वडाअध्यक्ष कार्कीलाई ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएपनि आफन्तहरुले थप उपचारका लागि काठमाडौं लैजाँदाको हेलिकोप्टर भाडा समेत व्यहोर्नु पर्ने माग राखेपछि सहमति हुन नसकेको हो ।

प्रहरीले दिनभर सहमतिको प्रयास गरेपनि वाता सफल नभएको प्रहरीले जनाएको छ ।  फागुन ८ गते वडाध्यक्ष कार्की सवार भे ६ प ४४०१ नम्वरको मोटरसाइकललाई ठक्करलाई छिन्चुमा नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले ठक्कर दिएको थियो । कार्कीको गएराति काठमाडौंको न्यूरो अस्पतालमा निधन भएको हो ।

मृतककाे शव पाेष्टमाटम पछि अन्तिम दाह सस्कारका लागि सुर्खेत हिडाइएकाे छ । दिउँसाे २ बजे सुर्खेतका लागि शव हिडाइएकाे जनाइएकाे छ । परिवारकाे सल्लाहमा मृतककाे घर भेरीगगा न पा – १ तल्लाे भर्याड पुराउने वा छिन्चुबाटै अन्मित दाहसस्कार गर्ने टुडगाे लागेकाे छैन ।

१२ घण्टापछि प्रहरीले खुलाएको रत्न राजमार्ग फेरि अवरुद्ध

रुसले अमेरिकालाई दियो चेतावनी, रुसी सेना युक्रेनको

१२ घण्टापछि प्रहरीले खुलाएको रत्न राजमार्ग फेरि अवरुद्ध

शारदा मा.वि. छिन्चुद्धारा विद्यार्थीहरूलाई बिदाई

Leave a comment

Your email address will not be published. Required fields are marked *