बाघले बर्दियामा एक महिलालाइ खायाे

बर्दिया, १३ फागुन ।
बाघको आक्रमणमा परि एक जना महिलाको मृत्यु भएको छ। ठाकुरबाबा ४ शैनवारकी ४१ वर्षीया लिली चौधरीको मृत्यु भएको हो । नेपाली सेना,निकुन्जका कर्मचारी र स्थानीयले निकुन्जको जंगलबाट लिलिको उद्धार गरेको थियो।
खुट्टाको मासु खाएको अवस्था लिलिको सुरक्षाकर्मीकाको टोलीले उद्धार गरेको प्रमुख संरक्षण अधिकृत बिष्णु प्रसाद श्रेष्ठले बताए । ‘उपचारको क्रममा लिलिको मृत्यु भएको छ’उनले भने,‘के कति कारणले बाघले आक्रमण गरेको हो भन्ने अनुसन्धान भईरहेको छ।’ अनुसन्धान पछि पिडित परिवारको क्षतिपुर्तीको प्रक्रिया अघि बढने उनले जानकारी दिए ।






