एमसिसीको विरोधमा जिल्ला प्रशासन कार्यालय घेराउ

रगवीर विश्वकर्मा, सुर्खेत । अमेरीकी सहयोग सम्झौता एमसिसीको खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको छ ।

सम्झौताको विरोधमा संयुक्त जनआन्दोलन समिति सुर्खेतले जिल्ला प्रशासन कार्यलय सुर्खेत घेराउ गरेको हो । मंगलगढीबाट सुरु भएको विरोध र्‍याली जिल्ला प्रशासन कार्यालय पुगेर कोण सभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी सुर्खेतका सेक्रेटरी ध्रुबले एमसिसी आएमा नेपाल सिरिया बन्ने दावि गरे । अमेरिकाको नेपाल आउन चाहनुको प्रमुख कारण चीनसँग खेल्नु रहेको भन्दै यदि यस्तो अवस्था आएको खण्डमा नेपालको अस्तित्व अमेरिकाको अधिनमा जाने भन्दै एमसिसी खारेजीको माग राखे ।

यस्तै कोणसभामा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रिय सदस्य कृष्ण गुरूङ्गले मानिसलाई आफ्नो ज्यानभन्दा देशको स्वाधिनता प्यारो हुने भन्दै आफ्नो देशको स्वाधिनतासँग सम्झौता नगरी एमसिसी खारेज हुनुपर्ने माग राखे ।

यस्तै राष्ट्रिय जनमोर्चाका नेता रत्नविक्रम राना प्यासीले देशको राष्ट्रिय स्वाधिनतालाई लत्याएर कुनै पनि हालतमा एमसिसी मान्य नहुने जिकिर गर्दै एमसिसीको समर्थन गर्नेहरुलाई सडकमा आउन चुनौतीसमेत दिए ।

कोणसभामा वैज्ञानिक समाजवादीका डेबिड परियार, नेकपा (माओवादी केन्द्र) का सागर, नेकपा (मसाल) का बिष्णु प्रसाद शर्मा, देशभक्त गणतान्त्रिक मोर्चा नेपालका नेत्रबहादुर शाही लगायतले सम्बोधन गरेका थिए ।

विहीवार (आज) दिउँसो १२ बजे मंगलगढीबाट झण्डा व्यानर, प्लेकार्ड सहित सुरु भएको विरोध र्‍याली सुर्खेत बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय सुर्खेतमा पुगेर धर्ना तथा कोण सभामा परिणत भएको थियो ।

एमसिसीको विरोधमा जिल्ला प्रशासन कार्यालय घेराउ

लागुऔषध चरेससहित तीन जना पक्राउ

एमसिसीको विरोधमा जिल्ला प्रशासन कार्यालय घेराउ

मदिरा पिएर मात्तेका वडाध्यक्षले डाक्टर कुटेपछि …

Leave a comment

Your email address will not be published. Required fields are marked *