एमाले पूर्व जिल्ला अध्यक्ष दलबल सहित एकीकृत समाजवादी प्रवेश

दुर्गा विसी
सल्लीबजार, १० फागुन ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का कर्णाली प्रदेश सदस्य लोक बहादुर डाँगीसहित सय बढी नेताकार्यकर्ता नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । डाँगी पूर्व भूमि आयोगको अध्यक्ष तथा एमाले सल्यानका पूर्व पार्टी अध्यक्ष समेत हुन् ।
नेकपा एकीकृत समाजवादीमा एमालेका एक सय भन्दा बढी नेता तथा कार्यकर्ताले एमाले परित्याग गरी समाजवादीमा प्रवेश गरेका छन् । मंगलबार सल्यान खलंगामा आयोजित शारदा नगरपालिका स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा एमालेका नेता लोक बहादुर डाँगीसहित एक सय भन्दा बढी कार्यकर्ताले समाजवादीमा प्रवेश गरेका हुन ।
जिल्ला समन्वय समितिको सभाहलमा भएको पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय सभाका सदस्य उदय बहादुर बोहरा र उप–महासचिव प्रकाश ज्वालाले खादा र माला लगाएर पार्टीमा स्वागत तथा प्रवेश गराएका छन् ।
पार्टी प्रवेश गर्नेहरुमा जिल्ला सदस्यहरु, खुमराज ओली, खेम कुमारी डाँगी, नन्दलाल अधिकारी, भुपाल डाँगी लगायतका रहेका छन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता डाँगीले एमाले पार्टी सहि भएपनि त्यस भित्रका व्यक्तिसित बिचार नमिलेर आफुले एमाले पार्टी छोडनु परेको बताए ।
एमाले प्राइभेट कम्पनीको रुपमा रहेको उनको आरोप रहेको छ । अझै केही दिनपछि एमालेका अरु नेताहरुले पनि एमाले पार्टी छोडेर समाजवादी तिर आउने उनको दावी रहेको छ । एमाले पार्टी प्रत्याग कार्यक्रम लोक वहादुर डाँगीकै शब्दमा पार्टीको विधि जसलाई हामी बिधान भन्छौं, पार्टीको नीति जसलाइ हामी कार्यदिसा वा सिद्दान्त भन्छौं, बिधिमा टेकेर नितिलाइ सहि ढंगबाट सञ्चालन वा कार्यान्वयन गर्ने नेतृत्व नभएको बताए ।
एमालेको बिधान ठिक छ, एमालेको नीति कार्यक्रम तथा सिद्दान्त ठिक छ तर एमालेको माथीदेखि तलसम्म नेतृत्व ठिक छैन, निरङकुस छ, अधिनायकबादी छ, स्वयक्षाचारी छ, अनैतिक छ, भ्रस्ट छ, तानाशाहा छ, दलाल, तस्कार माफियाहरुको घेरामा छ, तपाईं हामी जस्ता इमान्दार कार्यकर्ताहरुलाई पाखा लगाइरहेको छ, हो त्यसकारण अब एमाले समाप्तिको दिशातर्फ उन्मुख रहेको बताए । त्यहि भयर मैले छोड्दै छु, तपाईंहरु ढिलाई नगर्नुहोस् यस्तो दासत्व नेतृत्वको पछि लागेर जिवन बर्बाद नगर्न अपिल छ ।






