विवाहको मण्डपमै दुलहीले छोरा जन्माइन्, बीचमै रोक्नुपर्यो बिहे

समाचार एजेन्सी
भारत, ५ फागुन ।
भारत, छत्तीसगढको बस्तर जिल्लाबाट एउटा अचम्मको घटना बाहिर आएको छ । त्यहाँ विवाहको क्रममा कार्यक्रम चलिरहेको थियो । सोही क्रममा बेहुलीलाई सुत्केरी पीडा भएपछि विवाहको कार्यक्रम बीचमै रोक्नुपर्यो ।

परिवारले बेहुलीलाई तुरुन्तै अस्पताल लग्यो, अस्पतालमा उनले छोरालाई जन्म दिइन् । यो घटना जिल्लाको बदेराजपुर ब्लकको बाँस्कोट गाउँको हो ।

किन्दगिडिही जिल्ला नवरङपुर ओरिसा निवासी बेहुलीकी आमा सरिता मान्डवीले आदिवासी जनजातिमा चलिरहेको पैठू प्रचलनका कारण गत अगस्टमा कृष्ण जन्माष्टमीको दिन आफ्नी छोरी शिवबती मान्डवीले मनपर्ने केटा चन्दन नेतामलाई घर पठाएको बताइन् ।

बाँस्कोटमा रहेको केटाको घरमा पैठूका लागि युवती गएकी थिइन् । आमा अनुसार उनकी छोरी त्यहाँ करिब ६ महिना बसेर गर्भवती भइन् । आज पनि जनजाति समाजमा यो प्रथा चलनमा रहेको छ ।

मान्डवी आदिवासी समाजमा छुट्टै प्रचलन छ । उनीहरुकोमा न मुहूर्त नै देखिन्छ न कुन्डली नै मिलाइन्छ । तर केटा–केटीले एकअर्कालाई मन पराएर विवाह गर्ने स्वतन्त्र छन् । विवाह गर्न योग्य केटा र केटीले एकअर्कालाई मन पराए भने केटी केटाको घरमा जानुपर्छ, जसलाई पैठू प्रथा भनिन्छ ।

यो प्रचलन अहिले पनि ग्रामीण क्षेत्रमा जारी छ । दुवैको परिवारले विवाह गर्ने निर्णय गरेको छ । त्यसपछि दुवै पक्षले आ–आफ्ना आफन्तलाई विवाहबारे जानकारी गराए । तर विवाहको तयारीका कारण केही ढिलाइ भयो, विवाहको शुभ मुहूर्त पनि बित्यो । विवाहमा गाउँलेहरूलाई विधिवत निम्तो दिइएको थियो।

हल्दी रस्मका क्रममा बेहुलीलाई प्रसव पीडा भएको थियो । ३० जनवरी २०२२ मा यो घटना घटेको हो । ३१ जनवरीमा आशीर्वाद कार्यक्रम र रात्रिभोजको कार्यक्रम थियो । तर हल्दीको समयमा दुलहीको पेट दुख्न थाल्यो । तत्कालै उनलाई अस्पताल लगियो । अस्पतालमा बिहान उनले छोरालाई जन्म दिइन् । त्यसपछि सम्पूर्ण परिवारमा उत्सवको माहोल बन्यो ।

विवाहको मण्डपमै दुलहीले छोरा जन्माइन्, बीचमै रोक्नुपर्यो बिहे

रेमिट्यान्स चाहिने, मत नचाहिने हो ? बिदेशमा

विवाहको मण्डपमै दुलहीले छोरा जन्माइन्, बीचमै रोक्नुपर्यो बिहे

कर्णाली सरकारका चार बर्ष :  सत्ता, शक्तिकाे

Leave a comment

Your email address will not be published. Required fields are marked *