नेपाल बैंक कर्मचारी संघको प्रदेश अध्यक्षमा शर्मा

सुर्खेत, २३ माघ ।
नेपाल बैंक कर्मचारी संघ (एनईविईए) कर्णाली प्रदेशको दोस्रो अधिवेशन कोभिड संक्रमणका कारण शनिबार अनलाईन भच्र्यअल जुममार्फत सम्पन्न भएको छ । केन्द्रीय अध्यक्ष नवराज लम्सालको प्रमुख आतिथ्यता र महासचिव अनिल उपाध्याय, सभामुख मारिया राई र लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष पिटर अधिकारी समेतको उपस्थितिमा सम्पन्न भएको थियो ।

भेलाले नेपाल बैंक लिमिटेड वीरेन्द्रनगर शाखाका प्रदिपराज शर्माको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा गणेश खत्री (सल्यान शाखा), सचिवमा भिमनिधी तिवारी (जाजरकोट शाखा), सहचिवमा कमल चपाई (दैलेख शाखा), कोषाध्यषमा रुकमिणी खराल (वीरेन्द्रनगर शाखा) र सहकोषाध्यक्षमा मेनका पौडेल (चौरजहारी शाखा) चयन हुनुभएको छ ।

प्रदेश कमिटी सदस्यहरुमा दिपक रेग्मि (काईके शाखा), टंक भट्टराई (जाजरकोट शाखा), सबिना सापकोटा (सल्यान शाखा), देवेन्द्र बहादुर थापा (वीरेन्द्रनगर शाखा ), रितु शाहि (सल्यान शाखा), रोशन गिरी (दैलेख शाखा), रमेश रोका (जगदुल्ला शाखा) चयन हुनुभएको छ ।

नेपाल बैंक कर्मचारी संघको प्रदेश अध्यक्षमा शर्मा

भिजिट भिषामा गएकाहरू खाडी मुलुकमा अलपत्र पर्ने

नेपाल बैंक कर्मचारी संघको प्रदेश अध्यक्षमा शर्मा

कर्णाली सरकारमा चर्चाका पाँच मन्त्री र मन्त्रालय

Leave a comment

Your email address will not be published. Required fields are marked *