कर्णालीमा कोराेना परीक्षणको दोस्रो दिन ः सात वटा रिपोर्ट नेगेटिभ

सुर्खेत, २१ चैत ।
कर्णाली प्रदेशबाट कोरोनाको परीक्षण सुरु भएको दोस्रो दिनका सात वटा रिपोर्ट नेगेटिभ आएका छन् । शुक्रबार साँझ ६ बजेसम्म पाँच जनाको नमूना परीक्षण गरिएको र सबै रिपोर्ट नेगेटिभ आएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारीले जानकारी दिइन ।

भारतबाट आएर सुर्खेतको खुल्ला मञ्चको क्वारेन्टाइनमा बसेकाहरुको नमूना परीक्षण गरिएको हो । करिव १३ जनाको नमूना परीक्षण गर्ने लक्ष्य लिइएपनि साँझसम्म सात जनाको परीक्षण सकिएको हो । तर रातीसम्म काम गरेर भएपनि १३ जनाकै परीक्षण सक्ने भण्डारीको भनाइ छ ।

तपाईको प्रतिक्रिया