वेस्ट इन्डिजसँगको पहिलो टी–२० मा पाकिस्तान विजयी

काठमाण्डौ : वेस्ट इन्डिजसँगको पहिलो टी–२०मा पाकिस्तान विजयी भएको छ ।

कराचीमा हिजो भएको खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ६३ रनले हराएको हो । पाकिस्तानले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १९ ओभरमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो । वेस्ट इन्डिजका लागि साई होपले ३१ तथा ओडिन स्मिथले २४ रन बनाए ।

पाकिस्तानका मोहमद वासिमले ४ तथा शादब खानले ३ विकेट लिए । यसअघि कराचीमा पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर २०० रन बनाएको थियो । पाकिस्तानका मोहमद रिजवानले ७८ रन तथा हेइदर अलीले ६८ रनको अर्धशतकीय पारी खेले ।

वेस्ट इन्डिजका रोमारियोले २ विकेट लिए । जितसँगै पाकिस्तानले तीन खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ ।

वेस्ट इन्डिजसँगको पहिलो टी–२० मा पाकिस्तान विजयी

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज

वेस्ट इन्डिजसँगको पहिलो टी–२० मा पाकिस्तान विजयी

रामचन्द्र पौडेलले आयोजना गरेको चियापानमा देउवा र

Leave a comment

Your email address will not be published. Required fields are marked *