सहकार्य र नेतृत्व परिवर्तनको प्रस्ताव

काठमाडौं : नेपाली कांग्रेसमा रामचन्द्र पौडेल समूहका युवा नेताहरूले केही बेरमा छलफल गरेर नेतृत्वलाई साझा उम्मेदवार चयनका लागि दबाब दिने तयारी गरेका छन् ।
मंगलबार चाक्सीबारी र बुधबार बिहान गौशालामा बसेको यो समूहको बैठकले अहिलेसम्म साझा उम्मेदवार तय गर्न सकेको छैन । बुधबार बिहानको बैठक बिनानिष्कर्ष सकिएपछि यो समूहका नेताहरु फेरि चाक्सीबारीमा आज साँझ नै भेट्दै छन् । त्यो भेटमा समूहका केन्द्रीय सदस्य तथा सभापतिका आकांक्षी छलफलमा बस्दै छन् ।
‘साझा उम्मेदवार तय गर्दा रामचन्द्र पौडेल र शशांक कोइरालाले ब्याक हुन्छु भन्नु भएको हो भने अब शेखर कोइराला र प्रकाशमान श्रेष्ठमध्ये कसलाई साझा उम्मेदवार तय गर्ने हो ।
बैठकमा सहभागी अधिकांश नेताहरूको धारणा थियो । बैठकमा सहभागी नेताहरूले व्यक्तिको नाममा समूहलाई विभाजन गर्न नहुने बताएका थिए । केन्द्रीय सदस्यहरूको पनि समान धारणा रहेको बैठकमा सहभागी एक नेताले भने ।
पौडेल सहमति कायमका लागि भन्दै पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला निवास पुगेका हुन्। पौडेलपक्षका नेताहरुको जारी बैठक छाडेर पौडेल भने सिटौला निवास चण्डोल पुगेका हुन्।
यहीबीच यो बैठकभन्दा यही समूहका युवा नेताहरु पनि बसेर छलफल गर्ने र उम्मेदवार तय गर्ने तयारीमा छन् । यो समूहका चन्द्र भण्डारी, बद्री पाण्डे, गगन थापा, जीवन परियारलगायतका युवाहरू बसेर यो विषयमा केहीबेरमा छलफल सुरु गर्दैछन् ।






