मिलानलाई पराजित गर्दै रियल समूह विजेता

काठमाडौं : स्पेनिस क्लब रियल म्याड्रिड समूह डि को विजेता बन्दै नकआउटमा स्थान बनाउन सफल भयो। सर्वाधिक १३ पटकको च्याम्पियन रियलले समूह चरणको अन्तिम खेलमा इटालियन क्लब इन्टर मिलानलाई २(० ले पराजित गर्दै विजेता बन्न सफल भयो  ।

खेलको दोस्रो हाफमा १० खेलाडीमा सिमित इन्टर मिलान भने पराजयका बाबजुत समुह उप-विजेताका रुपमा नकआउटमा प्रवेश गर्‍यो । रियल १५ अंकका साथ समुह विजेता बन्दा इन्टरले १० अंकका साथमा दोस्रो स्थानमा रह्यो  ।

रियलको जितमा टोनी क्रुसले १७ औ मिनेटमा पहिलो गोल गरेका थिए । त्यसपछि अधिकांश समय गोलरहित भएपनि इटालियन क्लब ६४ औ मिनेटमा १० खेलाडीमा सिमित भयो  ।

बरेला रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दबाबमा परेको थियो। रियलले ७९ औ मिनेटमा असेनसियोको गोल मार्फत ७९ औ मिनेटमा अग्रता दोब्बर बनायो। समुहचरणबाटै बाहिरिएका शख्तर डोनेस्क र सेररिफ टिरसपोलले भने १(१ गोलको बराबरी खेले  ।

मिलानलाई पराजित गर्दै रियल समूह विजेता

बुरुण्डीको कारागारमा आगलागी, ३८ कैदीको मृत्यु

मिलानलाई पराजित गर्दै रियल समूह विजेता

सुदीप, स्वागता, युवराज र सुमुया बने युथ

Leave a comment

Your email address will not be published. Required fields are marked *