कक्षा १२ को प्रमाणपत्र स्कुलबाटै वितरण गरिने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा(१२ को प्रमाणपत्र स्कुलबाट दिने व्यवस्था गरेको छ। कोभिड(१९ को जोखिम कायमै रहेको भन्दै यसपालि पनि बोर्डले विद्यार्थीहरूलाई सम्बन्धित विद्यालयबाटै प्रमाणपत्र दिन लागेको हो।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले सम्बन्धित विद्यालयबाट नै विद्यार्थीले प्रमाणपत्र लिन सक्ने बताए। ‘हामीले गत वर्षदेखि नै यस्तो व्यवस्था गरेका हौँ। यो वर्ष पनि विद्यार्थी बोर्डमा धाउनु पर्दैन’, उनले भने।

उनका अनुसार नतिजा प्रकाशित भएको एक हप्तामा सबै शैक्षिक प्रमाणपत्र विद्यार्थीले पाउनेछन्। यसका लागि दस्तुर पनि सम्बन्धित विद्यालयमा बुझाउन सकिनेछ।

कक्षा(१२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो। परीक्षा नतिजा शुक्रबार सार्वजनिक भइसकेको छ। बोर्डका सदस्यसचिव अर्यालका अनुसार ३ लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ३६ जनाले ए प्लस ग्रेड ल्याएका छन्।

४८ हजार २ सय ३९ जनाले ए ग्रेड ल्याएका छन्। त्यस्तै बी प्लस ल्याउनेमा ७० हजार १ जना परीक्षार्थी छन्। बी ग्रेड ल्याउनेमा ९९ हजार ५ सय ३७ छन्। ७५ हजार ८८ जना परीक्षार्थीले सी प्लस ग्रेड ल्याएका छन्।

सी ल्याउनेमा २४ हजार ५ सय १५ जना छन्। डी प्लस ल्याउनेमा ३ हजार ८ सय ७५ परीक्षार्थी छन् भने डी प्लस ल्याउनेमा २ सय ९६ जना छन्। १० हजार ७३ परीक्षार्थीले ई ल्याएका छन्।

कक्षा १२ को प्रमाणपत्र स्कुलबाटै वितरण गरिने

एक सय शय्याको अस्पताल भएकाले मात्र नर्सिङ

कक्षा १२ को प्रमाणपत्र स्कुलबाटै वितरण गरिने

टेकु अस्पतालमा निस्शुल्क इमरजेन्सी उपचार सेवा सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *