राजनीति कञ्चनपुर सभापति महाधिवेशन प्रतिनिधिमा पराजित

कञ्चनपुर : नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सभापति हरि बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित भएको छन् ।

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ बाट बोहरा महाधिवेशन प्रतिनिधिका लागि खुलातर्फ उम्मेदवार थिए । सभापति बोहराले २४४ मत प्राप्त गरेका छन् । यस्तै पूर्वसांसद बलदेब बोहरा पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएको छन् ।

उनले १९० मत प्राप्त गर्नुभयो । सो निर्वाचन क्षेत्रमा पुरुषतर्फ १९ उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । दश जना निर्वाचित भएका छन् ।

निर्वाचित हुने महाधिवेशन प्रतिनिधिमा बहादुरसिंह थापा, चिन्तामणि भट्ट, हेमराज ओझा, लोकबहादुर देउवा, पुष्करराज ओझा, दलबहादुर बोहरा, मीनबहादुर सिंह, दुर्गादत्त भट्ट, उद्धव बोहरा र टीकाराम बैज छन् । क्षेत्र नं २ मा कूल ५०४ मत खसेको थियो ।

यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ बाट पुरुष खुलातर्फ महाधिवेशन प्रतिनिधिमा यज्ञराज जोशी, खगेश्वर बोहरा, बेलबहादुर रानामगर, प्रकाश थापा, दीपक सिंह, पदम बोगटी, आसेफ कुवँर ९भुन्टु०, तारणीदत्त चटौत, जङ्गबहादुर चन्द र बीरबहादुर सुनार निर्वाचित भएका छन् ।

सो क्षेत्रमा पुरुष खुलातर्फ ३२ जना महाधिवेशन प्रतिनिधिका लागि चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । क्षेत्र नं २ को सभापतिमा लालबहादुर सिंह विजयी भएको छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नवराज जोशीलाई १८४ मत अन्तरले पराजित भएको छन् ।

सिंहले ३४१ तथा जोशीले १५७ मत प्राप्त गर्नुभयो । सचिवमा गणेशबहादुर विष्ट ३५० र थानेश्वरप्रसाद भट्ट ३३१ मतसहित निर्वाचित भएको छन् । यसअघि निर्वाचन क्षेत्र नं ३ को सभापतिमा भने केशवहादुर चन्द निर्वाचित भएको छन् ।

चन्दले ३३० तथा उहाँका निकटतम प्रतिद्वन्द्वी गणेश नेगीले १९३ मत प्राप्त गरेका छन् । सचिवमा उमेशप्रसाद जोशी र गङ्गादत्त भट्ट तथा सहसचिवमा अर्जुन भट्ट र खड्कबहादुर बस्नेत निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।रासस

राजनीति कञ्चनपुर सभापति महाधिवेशन प्रतिनिधिमा पराजित

नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र सानीभेरी ८

Leave a comment

Your email address will not be published. Required fields are marked *